९ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लास्टिक सर्जरीको अवस्था र सुरक्षित अभ्यासबारे गोष्ठी हुँदै



अ+ अ-

काठमाडौँ । नेपाल प्लास्टिक सर्जन सङ्घ (एपसन) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (न्याम्स्)को प्लास्टिक सर्जरी सङ्कायको संयुक्त आयोजनामा गोष्ठी हुने भएको छ ।

‘नेपालमा प्लास्टिक सर्जरीको अवस्था, चुनौती र सुरक्षित अभ्यास’ विषयमा यही वैशाख १४ गते गोष्ठी हुने भएको हो । यस गोष्ठीमा नेपालका वरिष्ठ प्लास्टिक सर्जन प्रा डा पियुष दाहाल, प्रा डा शङ्करमान राई, प्रा डा जयनमान श्रेष्ठ र प्रा डा किरण नकर्मीले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमको संयोजन र गोष्ठीबाट प्राप्त निष्कर्षका आधारमा भावी कार्ययोजनाको निर्माण गरिने अस्पतालका सहप्राध्यापक प्लास्टिक सर्जन डा पशुपतिबाबु पोखरेलले बताउनुभयो ।

गोष्ठीले नेपालको प्लास्टिक तथा जलनसम्बन्धी सेवाको विकास र विस्तार गर्न ऐतिहासिक भूमिका खेल्ने विश्वास लिएको आयोजकले जनाएको छ । गोष्ठीमा यो सेवामा कार्यरत करिब ५० जना प्लास्टिक सर्जनहरुको सहभागिता हुने अनुमान गरिएको छ । रासस