२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

यौन व्यभिचारी पूर्वप्रधानाध्यापिकाविरुद्ध कारबाही शुरू

यौन व्यभिचारी पूर्वप्रधानाध्यापिकाविरुद्ध कारबाही शुरू
अ अ+ अ-

जेरुसेलम । इजरायलले मेलबर्नस्थित एउटा विद्यालयमा बालिकाहरूमाथि यौन उत्पीडन गरेको अभियोग लागेका एकजना पूर्वप्रधानाध्यापिकालाई अस्ट्रेलियासमक्ष सुपुर्दगी गरेको छ । ६ वर्ष लामो कानुनी द्वन्द्वपछि उनको सुपुर्दगी भएको हो । माल्का लेइफरविरुद्ध अस्ट्रेलियामा ७४ वटा यौन दुराचारसम्बन्धी मुद्दा दायर छन् । सन् २००८ मा आफूविरुद्धका काण्डहरू बाहिर आउन थालेपछि उनी आफ्नो मातृभूमि इजरायल फर्केकी थिइन् ।

आफू मानसिकरूपमा अस्वस्थ रहेको कारण देखाउँदै उनले इजरायलमा सुपुर्दगीविरुद्ध मुद्दा लडेकी थिइन् । तर, इजरायलको सर्वोच्च अदालतले गतवर्षको डिसेम्बरमा उनका अन्तिम अपिल अस्वीकार गरेको थियो । उनले आफूमाथि लगाइएका अभियोगहरू अस्वीकार गर्दै आएकी छन् । उनका पीडितहरूको प्रतिनिधित्व रहेको एक संस्थाले उनलाई सुपुर्दगी गरिएको दिन न्यायका लागि अभूतपूर्व रहेको प्रतिक्रिया दिएको छ ।

करिब ५० वर्षीया लेइफरविरुद्ध यहुदी बालिकाहरूका लागि एदास इजरायल स्कुलमा प्रधानाध्यापिका रहँदा बाल बलात्कारलगायत अन्य यौन व्यभिचारसम्बन्धी अपराध गरेको अभियोग लगाइएको छ । हात र खुट्टामा सिक्री बा“धेर उनलाई विमानमा राखेर सोमबार विहान सबेरै उनलाई इजरायलको बेन गुरियन विमानस्थलबाट अस्ट्रेलियातर्फ लगिएको हो ।

इजरायलको न्याय मन्त्रालय र लेइफका वकिलले उनलाई सुपुर्दगी गरिएको पुष्टि गरेका छन् । मुद्दा नचलाउञ्जेल उनलाई अस्ट्रेलियाको प्रहरी हिरासतमा राखिने बताइएको छ । कोभिड–१९ महामारीको कारण कानुनी प्रक्रियामा ढिलाइ हुनसक्ने अनुमान गरिएको छ । नेपाल समाचारपत्र दैनिक