२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

१६ सय कर्मचारीलाई कोरोना खोप लगाइँदै

१६ सय कर्मचारीलाई कोरोना खोप लगाइँदै
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्रपंक्तिमा खटिने करिब १ हजार ६ सय कर्मचारीलाई कोरोना खोप लगाउने भएको छ । सरकारले तोकेका राजधानीका दुई अस्पतालमा ती कर्मचारीले खोप लगाउने व्यवस्था गरेको छ । कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरले राजधानीको टेकु र वीर अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

उहाँले फोहोर व्यवस्थापनमा कार्यरत ९ सय ५०, करिब १ सय ५० स्वाथ्यकर्मी र सबै वडाका ५ सय ४३ स्वास्थ्य स्वयंसेविकलाई खोप लगाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । कामपाले अग्रपंक्तिमा खटिएका कर्मचारीलाई अनलाइनमार्फत फाराम भर्न लगाउने र दिन तोकेर खोप लगाउने व्यवस्था गर्न लागेको हो ।

महानगरले स्वाब संकलनमा खटिएका, घर–घरमा कोभिड संक्रमितलाई सेवा दिइरहेका, फोहोर व्यवस्थापनमा कार्यरत कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोप लगाउन राजधानीका वीर र टेकु अस्पतालाई जिम्मा दिएको छ । पहिलो चरणमा अग्रपंक्तिका कर्मचारीलाई खोप लगाउने व्यवस्था गरेलगत्तै दोस्रो चरणको खोपबारे कार्ययोजना बनाउने तयारी भइरहेको विभागीय प्रमुख कुँवरको भनाइ छ ।

सरकारले उपत्यकाका दुई महानगरसहित सबै नगरपालिकाका कोभिड रोकथाममा खटिएका कर्मचारीलाई पहिलो सूचीमा राखेर खोप लगाउने योजना बनाएको छ । कुँवरले पहिलो प्राथमिकतामा परेका कर्मचारीलाई केही दिनभित्र खोप लगाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रम आयोजना गरी कोभिड–१९ खोप लगाउने कार्यको थालनी गर्नेछ । नेपाल समाचारपत्र दैनिक