१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला



अ+ अ-

ईलाम । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा बिधमान कायम रहेकोे ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामका जनताले राप्रपा नेपाललाई मतदान गर्न आबश्यक रहेको बताएका छन् ।

यो मतदान भ्रष्टाचार ,बेतिथी र अराजकताको अन्त्यको श्रीगणेश हुने भन्दै बर्तौलाले अरुले हार्दा केही फरक नपर्ने भन्दै राप्रपा नेपालले हार्दा भ्रष्टाचार र मनपरितन्त्र विरुद्धको आवाज कमजोर हुने बिचार ब्यक्त गरे । ईलाम -२ को उपनिर्बाचनको क्रममा आज विभिन्न स्थानमा आयोजित चुनाबी प्रचार अभियानको कार्यक्रममा बोल्दै बर्तौलाले असफल ब्यबस्था र प्रणालीको वकालत गर्नेहरुले निर्बाचन जित्दा यथास्थिति हाबी हुने भन्दै त्यो दुर्भाग्यपूर्ण हुने समेत उनको धारणा थियो ।

कार्यक्रममा बोल्दै पार्टीका सह-महामन्त्री तेजकुमार कुरुङ्वाङले मुलुकको बैकल्पिक शक्ति राप्रपा नेपाल भएको भन्दै असफल ब्यबस्थाको अन्त्यको लागि इलामका जनता जाग्नुपर्ने बताए । राप्रपा नेपालले इलाम -२ बाट गणेश बहादुर चौहानलाई उम्मेदवारको रुपमा खडा गरेको छ । फाफफोकथुम र माङ्सेबुङ गाउँ पालिका र देउमाई नगरपालिकामा राप्रपा नेपालले कार्यक्रम गरेको हो ।