२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित : बहसकर्ता

प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित : बहसकर्ता
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित भएको बहसकर्ताले जिकिर गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चलिरहेको बहसका क्रममा बुधबार वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले विघटनका कारण संविधानका थुप्रै धारासहित प्रस्तावना नै प्रभावित भएको जिकिर गरेका हुन् । उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए ।

वरिष्ठ अधिवक्ता संग्रौलाले संविधानको प्रस्तावनाबाट बहस थालेका थिए । उनले प्रतिनिधिसभा, कार्यपालिकासँग सबै धारालाई हेर्नुपर्ने बताए । प्रतिस्पर्धात्मक बहुदलीय संसदीय व्यवस्था भएकाले संविधानको व्याख्यामा सचेत हुनुपर्ने तर्क गरे । उनले प्रधानमन्त्रीले हुँदै नभएको अधिकारका आधारमा प्रतिनिधिसभा विघटन गरेको दाबी गरे । उनले जनताभन्दा माथि कोही भएको मान्यता राख्न नसकिने र प्रतिनिधिसभा जनताको भएको बताए ।

वरिष्ठ अधिवक्ता संग्रौलाले हाम्रो देशको प्रणाली वेस्ट मिनिस्टर सिस्टम नभएको तर्क गरे । ‘यसलाई कस्तो प्रणाली मान्ने रु’ इजलासबाट सोधियो । संग्रौलाले लोकतान्त्रिक मूल्यमान्यतामा आवधिक निर्वाचनमार्फत जनतामा जाने व्यवस्था भएको उल्लेख गरे । उनले भने, ‘हामीले आवधिक निर्वाचनलाई मानेका छौं, मध्यावधिलाई मानेका छैनौं ।’

यो विघटनले प्रत्यक्ष संविधानका धारा प्रभावित भएको उनको जिकिर छ । पहिले संविधानकै प्रस्तावना प्रभावित भएको संग्रौलाले बताए । संविधानको धारा २ प्रभावित भएको उनको जिकिर छ । सबै हेरेर व्याख्या गर्नुपर्ने उनको तर्क छ । संविधानको धारा ५१ को क (२) मा, ६२ (१), ६४ (४), ७५ (५) पनि विघटनले प्रभावित भएको उनले बताए । ‘सरकार नै प्रधानमन्त्री हो । मन्त्रिपरिषद्को एउटा कम्पोनेन्ट प्रधानमन्त्री होइन,’ उनले भने । प्रधानमन्त्री सबै हो भन्ने चलिरहेको र यसले प्रभावित गरिरहेको उनले बताए । धारा ७६ (१) देखि ७, १० सम्म हेर्न उनले आग्रह गरे । धारा ८१ (१), ८२ (१), ८४ (१) को समेत व्याख्या गर्नुपर्ने उनले बताए । नागरिक दैनिकमा समाचार छ  ।