४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

१५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री

१५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वनाको विषय भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले आफूले केही दिनअघि मात्रै तेस्रो पटक विश्वासको मत लिएको उल्लेख गर्दै १५ महिना भित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको आफ्नो विशेषता भएको पनि बताउनु भयो ।

उहाँले कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महशुस नगराउन काँग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको बताउनु भयो । उहाँले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गर्नुभयो । उहाँले सरकारको पुन:गठन भइ रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरु अपासी समझदारीबाट जानेतिर भन्दा अस्वस्थ प्रतिष्पर्धामै जाने र त्यसको निम्ति विभिन्न किसिमका क्रियाकलाप गर्नेबाट हामी अहिले पनि मुक्त छैनौँ । अब यसलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । मैले जटिल परिस्थितिका बाबजुत प्रमुख शक्तिहरुको बीचमा समझदारी नै बनाएर मात्रै यो संविधान कार्यान्वयनलाई पनि राम्रोसँग गति दिन सकिन्छ, राजनीतिक स्थायित्व र विकासलाई पनि गति दिन सकिन्छ भन्ने नै हो । यहाँहरुले कसरी हेरिराख्नुभएको छ, मलाई थाहा छैन । हुनत: अहिले तेस्रो पटक विश्वासको मत लिएँ केही समयअघि । डेढ वर्ष पनि भएको छैन । १५ महिना भित्र लिएँ । तीन पटक विश्वासको मत १५ महिना भित्र लिने अवस्था सिर्जना हुन एउटा बिडम्वना पनि भन्न सकिन्छ । अर्को आफ्नो विशेषता पनि भन्न सकिन्छ । मैले जे गरेँ, कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको, आइसोलेट भएको महशुस नगरोस् भन्ने हो । दोस्रो समीकरण बनाउँदै गर्दा मैले राष्ट्रपति नेपाली काँग्रेसलाई दिउँ भन्ने थियो । मानिसहरुले अस्थिरताको आरोप पनि लगाए । तर गहिरिएर विचार गर्दा र इमान्दारिताका साथ कुरा राख्दा राष्ट्रिय शक्तिको वातावरण नबिग्रियोस् भन्ने थियो । तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै छ, सरकार निरन्तरतामै छ । सरकारको पुन:गठन भइ नै राख्छ ।’

प्रधानमन्त्री दाहालले सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरु जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको बताउनु भयो । उहाँले शको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभुति गर्ने, भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथी कानूनी कारबाही अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरु जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको छ । संरचनागत कार्यक्रममा विषय प्रवेश गर्दै जेजस्ता विषय छन् भएका छन्, त्यसले सुशासनको राष्ट्रिय संकल्पमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास म व्यक्त गर्न चाहन्छु । देशको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुन्छ । यस सन्दर्भमा भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभुति गर्ने, भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथी कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रतिवद्ध रहेको छ । मेरो नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभुतिका निम्ति लिएका नीति र चालेका कदमहरु सबैलाई अवगत नै छ ।’

प्रधानमन्त्री दाहालले कानूनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभुति गर्न सकिने बताउनु भयो । मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभुति गर्ने अवस्था सिर्जना गरिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल