२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

पञ्चेबाजा संरक्षणका लागि वडाद्वारा बाजा हस्तान्तरण

पञ्चेबाजा संरक्षणका लागि वडाद्वारा बाजा हस्तान्तरण
अ अ+ अ-

वालिङ । लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा ध्यान दिँदै वडाले बाजा हस्तान्तरण गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं ७ ले विवाह, ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने लोपोन्मुख पञ्चेबाजा संरक्षण कार्यक्रमअन्तर्गत गह्रौँकालिका पञ्चेबाजा समूह पैदीलाई १० थान बाजा हस्तान्तरण गरेको हो ।

आफूहरुले बजाउँदै आएको बाजा पुरानो तथा बाजा अपुग भई समस्या भइरहेका बेला वडा कार्यालयले बाजा संरक्षणका लागि एक लाख ३० हजारको लागतमा १० थान बाजा खरीद गरी हस्तान्तरण गरेको वडाध्यक्ष पाण्डुकुमार थापाले बताउनुभयो । “गह्रौँकालिका पञ्चेबाजा समूहले वडा कार्यालयमा बाजाको माग गर्नुभएकाले वडाले बाजा संरक्षण कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरी सहयोग गरेका हौँ”, वडाध्यक्ष थापाले भन्नुभयो, “लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजाको संरक्षण गर्न सकियोस् र पुरानो पुस्ताको सीप तथा कलालाई नयाँपुस्तामा हस्तान्तरण गर्नुका साथै व्यावसायिकतामा जोड दिनका लागि सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

वडामा रहेका अन्य बाजा समूहलाई आवश्यक सीप तथा तालीम, आवश्यक पोशाक हस्तान्तरण गरिएको र आगामी दिनमा पनि बाजा संरक्षणका कार्यक्रम सञ्चालन गर्दै लगिने वडा अध्यक्ष थापाले बताउनुभयो ।

वडाको बजेटबाट सहनाइ, ट्याम्को, नरसिंहा, ढोलक, झुर्मासहितका एक सेट नौमती पञ्चेबाजा हस्तान्तरण गरिएको हो । “पछिल्लो समय विदेशी कलासंस्कृति र रीतिरिवाजको नक्कलका कारण नेपाली कलासंस्कृतिमाथि असर गरिरहेको छ”, वडाध्यक्ष थापाले भन्नुभयो, “हाम्रो कलासंस्कृतिको संरक्षण र जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व ठानेर बाजा हस्तान्तरण गरेका हौँ ।”

पुराना कलासंस्कृति हराउन नदिनका लागि वडा कार्यालयले नौमती बाजा उपलब्ध गराएर सहयोग गरेको समूहका अध्यक्ष कमल परियारले बताउनुभयो । “पुरानो पुस्ताको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि समूहमार्फत युवालाई सक्रिय बनाएर सीप सिकाइएको छ”, अध्यक्ष परियारले भन्नुभयो, “यहाँका युवाले विभिन्न मेला महोत्सव, धार्मिक तथा अन्य कार्यमा सहभागी भई बाजा बजाउँदै आएका छन् ।” कलासंस्कृतिको संरक्षणमा यो समूह तथा टोलका १६ घरपरिवारको सामूहिक प्रतिबद्धतासँगै सहकार्य रहेको अध्यक्ष परियारले बताउनुभयो । रासस