५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा जुलुसले निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुले निषेधित क्षेत्र तोडेपछि झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच काडमाडौंको भद्रकालीमा झडप भएको हो ।

प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको हो ।

जनप्रदर्शनमा काठमाडौंका दर्जनौँ स्थानबाट जुलुस निकालिएको छ ।