५ पुष २०८२, शनिबार
,
Latest
जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले ललितपुरको अध्यक्षमा आचार्य निर्वाचित



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनमा आचार्य दुई सय २९ मत प्राप्त गरी जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त पुरुषोत्तम ढुङ्गानाले जानकारी गराउनुभयो । निर्वाचन आयुक्त ढुङ्गानाका अनुसार अध्यक्षका प्रत्यासी चेतनाथ सञ्जेलले एक सय ५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले नौ मत प्राप्त गर्नुभएको छ ।

यही चैत २३ गतेदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनका विषयमा सहमति नभएपछि आज निर्वाचन भएको हो । त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत र उपसचिवमा प्रभाकर थापा तथा आशा राई निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा शाक्यले एक सय ७३ मत प्राप्त गर्दा प्रतिस्पर्धात्मक हरिगोविन्द श्रेष्ठले एक सय १५ मत प्राप्त गर्नुभयो । शाक्य ललितपुर महानगरपालिकाको उपप्रमुख हुनुहुन्छ भने श्रेष्ठ महालक्ष्मी नगरपालिकाको प्रमुख हुनुहुन्छ ।

सचिवमा राउतले एक सय ७९ मत ल्याएर विजयी हुँदा उहाँका प्रत्यासी रत्न महर्जनले एक सय १२ मत प्राप्त गर्नुभयो । उपसचिव खुलामा प्रभाकर थापाले एक सय ५४ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रत्यासी श्याम बजगाईले ९९ मत पाउनुभएको निर्वाचन आयुक्त ढुङ्गानाले जानकारी दिनुभयो ।

उपसचिव महिलामा आशा राई एक सय ४२ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रत्यासी सङ्गीता अच्छामीले एक सय ४० मत प्राप्त गर्नुभयो । निर्वाचनमा कूल चार सय ७८ मतदातामध्ये चार सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।