१३ श्रावण २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लेन म्याक्सवेलः अष्ट्रेलियाको लागि ‘हिरो’, आरसीबीका लागि ‘जिरो’



अ+ अ-

एजेन्सी । विष्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल आईपीएल २०२४ मा अहिलेसम्म पूर्ण रूपमा फ्लप देखिएका छन् । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का ब्याटिङ अलराउन्डरले अहिले टिमका लागि ब्याटिङबाट कुनै चमत्कार गर्न सकेका छैनन् ।

राजस्थानविरुद्धको पाँचौं खेलमा म्याक्सवेल मात्र १ रन बनाएर प्याभिलियन फर्किएका थिए । म्याक्सवेलले आफ्नो पाँच इनिङ्समा एकपटक पनि ३० रनको आँकडा पार गर्न सकेका छैनन् ।

तर २०२३ मा भएको एकदिवसीय विश्वकपमा म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरेका थिए । अष्ट्रेलियाका ब्याट्सम्यानले भारतको भूमिमा खेलिएको एकदिवसीय विश्वकप २०२३ मा विस्फोटक ब्याटिङ प्रदर्शन गरेका थिए । तर, त्यही भारतीय पिचमा म्याक्सवेल आईपीएलमा लगातार फ्लप भइरहेका छन् ।

विश्वकपमा अफगानिस्तानविरुद्धको खेलमा म्याक्सवेलले लक्ष्य पछ्याउँदै अस्ट्रेलियालाई जित दिलाउन दोहोरो शतक प्रहार गरे र त्यो खेलमा उनको खुट्टामा गम्भिर चोट लागेको थियो, जसका कारण उनी दुवै खुट्टामा राम्ररी उभिन समेत सकेका थिएनन् । त्यस्तो अवस्थामा नायक बन्दै म्याक्सवेलले खेल जिताए ।

तर आईपीएलमा पूर्ण रूपमा फिट भए पनि म्याक्सवेलले केही गर्न सकेका छैनन् । पाँच इनिङ्समा ब्याटिङ गर्दै म्याक्सवेल चार पटक एक अंकको स्कोरसहित प्याभिलियन फर्केका छन्, जसमा दुई शून्य पनि छन् । उनको उच्च स्कोर २८ रन रहेको छ । म्याक्सवेलले पाँच इनिङ्समा क्रमशः ००, ०३, २८, ०० र ०१ रन बनाए । आफ्नो खराब फर्मका कारण अष्ट्रेलियाका खेलाडी आरसीबीका लागि जिम्मेवार बनेको देखिन्छ ।

यद्यपि, चित्त बुझाउने बाटो भनेको म्याक्सवेल प्रायः पार्ट टाइमरको रूपमा बलिङ गर्छन् । तर यो सिजन उनी आरसीबीका मुख्य बलरभन्दा राम्रो देखिन्छन् । एकातिर आरसीबीबाट सुरुका तीन खेल खेलेका अल्जारी जोसेफले एक विकेट लिएका छैनन् भने म्याक्सवेलले ५ खेलमा ४ ब्याट्सम्यानलाई आफ्नो शिकार बनाएका छन् । अब आउने खेलमा म्याक्सवेलले कस्तो प्रदर्शन गर्छन् हेर्नु चासोको विषय हुनेछ ।