१ असार २०८३, सोमबार
,
Latest
शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिक काम गर्छु’



अ+ अ-

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिक रुपले काम गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको छ । 

बुधबार राष्ट्रिय मुस्लिम आयोगका नवनियुक्त दुई सदस्यलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष अन्सारीले संविधानमा उल्लेख गरेअनुरुपको मुस्लिम आयोगको उद्देश्य पुरा गर्न तथा मुस्लिम समुदायको हकहित, अधिकार र सशक्तिकरणका लागि सामुहिक रुपमा काम गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको हो । लामो समयदेखि मुस्लिम समुदायको हकहितको निम्ति काम गर्नेहरु आयोगको सदस्य भएर आएको भन्दै उहाँले आगामी दिनमा मुस्लिम समुदायको हितमा बढीभन्दा बढी काम गर्ने बताउनुभयो ।

बुधबार बिभिन्न संवैधानिक निकायका सदस्यहरुले सपथ ग्रहण गरेसँगै आ–आफ्नो कार्यालयमा उपस्थित भएका छन् । मुस्लिम समुदायको उत्थान र विकासको निम्ति मुस्लिम आयोगको वर्तमान समुहले अझ बढी काम गर्ने अध्यक्ष अन्सारीको भनाई छ । 
 




भर्खरै