४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान सुनसान ‘रिहार’ धाम उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो देशभर मनसुनी वायुको प्रभाव कायम प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिक काम गर्छु’



अ+ अ-

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिक रुपले काम गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको छ । 

बुधबार राष्ट्रिय मुस्लिम आयोगका नवनियुक्त दुई सदस्यलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष अन्सारीले संविधानमा उल्लेख गरेअनुरुपको मुस्लिम आयोगको उद्देश्य पुरा गर्न तथा मुस्लिम समुदायको हकहित, अधिकार र सशक्तिकरणका लागि सामुहिक रुपमा काम गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको हो । लामो समयदेखि मुस्लिम समुदायको हकहितको निम्ति काम गर्नेहरु आयोगको सदस्य भएर आएको भन्दै उहाँले आगामी दिनमा मुस्लिम समुदायको हितमा बढीभन्दा बढी काम गर्ने बताउनुभयो ।

बुधबार बिभिन्न संवैधानिक निकायका सदस्यहरुले सपथ ग्रहण गरेसँगै आ–आफ्नो कार्यालयमा उपस्थित भएका छन् । मुस्लिम समुदायको उत्थान र विकासको निम्ति मुस्लिम आयोगको वर्तमान समुहले अझ बढी काम गर्ने अध्यक्ष अन्सारीको भनाई छ ।