२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमाथि कोलकाताको दमदार जित



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ (आईपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर)ले लगातार तेस्रो जित हात पारेको छ ।

केकेआरले चालु सिजनको १६ औं खेलमा दिल्ली क्यापिटल्स (डीसी) लाई १०६ रनले पराजित गरेको हो । यो जितसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने नवौं स्थानमा खस्किएको छ ।

विशाखापट्टनमको डा वाईएस राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो । टोलीले आईपीएलको दोस्रो उच्च स्कोर बनाएको छ ।

यो लिगमा कोलकाताको सबैभन्दा ठूलो स्कोर हो । जवाफी इनिङ्समा दिल्लीको टोली १७.२ ओभरमा १६६ रनमा अलआउट भयो । खेलको प्लेयर अफ द म्याच सुनिल नारायण भए । उनले ३९ बलमा ८५ रनको पारी खेले । उनले ७ चौका र ७ छक्का प्रहार गरे ।

अङ्क्रिश रघुवंशीले २७ बलमा ५४ रन बनाए । आन्द्रे रसेलले १९ बलमा ४१ रनको इनिङ खेले । रिंकु सिंहले ८ बलमा २६ रन बनाए । दिल्लीका एनरिके नोर्ट्याले तीन विकेट लिए । इशान्त शर्माले २ विकेट लिए ।

२७३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीको सुरुवात खराब रह्यो । टोलीका लागि शीर्ष क्रममा कुनै ठूलो साझेदारी थिएन । बीचमा ऋषभ पन्त र ट्रिस्टन स्टब्सले ९३ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।

कोलकाताको टोलीले लगातार तेस्रो जित हात पारेको छ । अर्कोतर्फ दिल्लीले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यो खेलपछि कोलकाता ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने दिल्ली २ अंकसहित नवौं स्थानमा छ ।

आजको खेलः गुजराट टाइटन्स भर्सेस पञ्जाव किंग्स – बेलुका ७ः४५ बजे