२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा अहिले राप्रपा नभइ कुनैपनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्दैन: मुख्यमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

बुधवार बिहान उहाँले पदबाट राजीनामा दिनुभएको हो । उहाँले राजीनामा दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आजबाटै नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने बताउनु भयो । गण्डकी सरकार निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दुवै गठबन्धनका लागि महत्वपूर्ण हुने भएकाले राप्रपाको २७ गतेसम्मको आन्दोलन नसकिएसम्म नयाँ सरकार बन्न नसक्ने बताउनु भयो । उहाँले आफू मुख्यमन्त्री रहँदा गण्डकी प्रदेशमा सुशासनको प्रत्याभुति दिलाउने गरी काम गरेको जिकिर गर्नुभयो । उहाँले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमान्दारितापूर्वक आफूले काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब आउजे बजेट र नीति तथा कार्यक्रममा केही नयाँ र कसरी कार्यान्वयन हुनसक्ने भन्ने तरिकाबाट योजनाहरु लैजाने भन्नेबारेमा सोचेको पनि छु । त्यही अनुसारको ल्याउने भन्ने सोचाई पनि थियो । तर बीचमा यि राजनीतिक घटनाक्रमले अब फेरि त्यही परिस्थितिमा पुगिन्छ की पुगिँदैन भन्ने छ । गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमान्दारितापूर्वक मैले काम गरेको छु भन्ने मलाई लाग्छ । सुशासनको प्रत्याभुति दिने कुरामा पनि कसैसँग तुलना त गर्न चाहन्न, तर गण्डकी प्रदेश पहिलो नम्बरमै छ ।’

‘जति दिन बसेर काम गरेँ, आत्मसन्तुष्टि भएर काम गरेँ । गण्डकीमा सरकार बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्व राख्छ । तर के निर्णय गरेको छ भने उहाँहरुले २७ गतेसम्म आन्दोलनको चरणमा हुनुहुन्छ, आन्दोलनको चरणमा हुँदा सरकार बनाउने,भत्काउने चरणमा लाग्दैनौँ भनेपछि मैले संसदमा विश्वासको मत लिनुपर्छ भन्ने आवश्यकता ठानिन । ठूलो दल भन्दा पहिलै मेरो काम शुरु हुन्छ । आजबाट सरकार बन्ने प्रक्रिया शुरु हुन्छ । सरकार बनाउने फेरि पहल हुनेछ । राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पुर्‍याउन सक्दैन ।’

उहाँले राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पुर्‍याउन नसक्ने बताउनु भयो ।