१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

गण्डकीमा अहिले राप्रपा नभइ कुनैपनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्दैन: मुख्यमन्त्री पाण्डे

गण्डकीमा अहिले राप्रपा नभइ कुनैपनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्दैन: मुख्यमन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

बुधवार बिहान उहाँले पदबाट राजीनामा दिनुभएको हो । उहाँले राजीनामा दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आजबाटै नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने बताउनु भयो । गण्डकी सरकार निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दुवै गठबन्धनका लागि महत्वपूर्ण हुने भएकाले राप्रपाको २७ गतेसम्मको आन्दोलन नसकिएसम्म नयाँ सरकार बन्न नसक्ने बताउनु भयो । उहाँले आफू मुख्यमन्त्री रहँदा गण्डकी प्रदेशमा सुशासनको प्रत्याभुति दिलाउने गरी काम गरेको जिकिर गर्नुभयो । उहाँले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमान्दारितापूर्वक आफूले काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब आउजे बजेट र नीति तथा कार्यक्रममा केही नयाँ र कसरी कार्यान्वयन हुनसक्ने भन्ने तरिकाबाट योजनाहरु लैजाने भन्नेबारेमा सोचेको पनि छु । त्यही अनुसारको ल्याउने भन्ने सोचाई पनि थियो । तर बीचमा यि राजनीतिक घटनाक्रमले अब फेरि त्यही परिस्थितिमा पुगिन्छ की पुगिँदैन भन्ने छ । गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमान्दारितापूर्वक मैले काम गरेको छु भन्ने मलाई लाग्छ । सुशासनको प्रत्याभुति दिने कुरामा पनि कसैसँग तुलना त गर्न चाहन्न, तर गण्डकी प्रदेश पहिलो नम्बरमै छ ।’

‘जति दिन बसेर काम गरेँ, आत्मसन्तुष्टि भएर काम गरेँ । गण्डकीमा सरकार बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्व राख्छ । तर के निर्णय गरेको छ भने उहाँहरुले २७ गतेसम्म आन्दोलनको चरणमा हुनुहुन्छ, आन्दोलनको चरणमा हुँदा सरकार बनाउने,भत्काउने चरणमा लाग्दैनौँ भनेपछि मैले संसदमा विश्वासको मत लिनुपर्छ भन्ने आवश्यकता ठानिन । ठूलो दल भन्दा पहिलै मेरो काम शुरु हुन्छ । आजबाट सरकार बन्ने प्रक्रिया शुरु हुन्छ । सरकार बनाउने फेरि पहल हुनेछ । राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पुर्‍याउन सक्दैन ।’

उहाँले राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पुर्‍याउन नसक्ने बताउनु भयो ।