२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन्छन् कि राजीनामा ?



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेतृत्व गर्दै आएको कर्णाली प्रदेश अब एमालेलाई छाडिदिनुपर्ने भएपछि अन्योल देखिएको छ । माओवादी केन्द्रको प्रदेश तहमा त एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्वबीच भएको सहमतिप्रति असन्तुष्टि नै देखिएको छ ।

मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत दर्ता गराइसकेका छन् । तर अब शीर्ष नेताबीच कर्णालीको मुख्यमन्त्री एमालेले लिने सहमति भएपछि उनी अन्योलमा परेका छन् । जबकी माओवादीभित्र कर्णालीको मुख्यमन्त्री आफैंले लिनुपर्ने आवाज उठ्दै आएको छ । विशेष गरी माओवादी केन्द्रका उपमहासचिव जनादर्शन शर्माले कर्णाली प्रदेश छाड्न नहुने तर्क गर्दै आएका छन् ।

कर्णाली सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरुले केन्द्रबाट गलत निर्णय भएको दाबी गरेका छन् । उनीहरुले मुख्यमन्त्रीले कार्यसूचीअनुसार विश्वासको मत लिएरै छाड्ने बताएका छन् ।

संघमा भएको सहमति अनुसार अघि बढ्ने हो भने पनि विश्वासको मत पाएपछि मात्र प्रक्रिया अघि बढाउन सकिने माओावदी केन्द्रका नेताहरुको भनाइ छ । संवैधानिक प्रक्रिया अवलम्बन गरेर अघि बढिसकेपछि केन्द्रले निर्णय गर्दा प्रदेशको स्वायत्तता हरण हुने कतिपयको बुझाइ छ ।

मुख्यमन्त्रीले आज बिहान आफ्नो दलका नेताहरुको बैठक बोलाएका छन् । बैठकले गरेको निर्णयअनुसार अघि बढ्ने तयारी मुख्यमन्त्रीको छ । एमालेले भने अब गठबन्धनमा भएको सहमतिअनुसार अघि बढ्नु्पर्ने बताएको छ ।

केन्द्रीय गठबन्धन अनुसार एमालेको नेतृत्वमा सरकार बनेको खण्डमा मुख्यमन्त्री यामलाल कँडेल बन्नेछन् । २०७४ मै मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेश झरेका कँडेल त्यो बेला एमालेसँग २० सिट हुँदा पनि मुख्यमन्त्री बन्ने अवसरबाट चुकेका थिए । तत्कालीन नेकपा हुँदा बिचमा मुख्यमन्त्री बन्न उनले पटक–पटक विद्रोह पनि गरे । तर, बन्न सकेका थिएनन् ।