२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइगर श्राफले अक्षय कुमारसँग यसरी मनाए ‘अप्रिल फुल’



अ+ अ-

एजेन्सी । अप्रिल महिनाको पहिलो दिन, सबैले कसै न कसैलाई मूर्ख बनाउन खोज्छन् । धेरैले एकअर्कालाई ठट्टा गर्छन् । त्यसैले यो दिनलाई अप्रिल फुल भनिन्छ ।

यसैबीच बलिउड अभिनेता टाइगर श्राफले अर्का अभिनेता अक्षय कुमारलाई अप्रिल फूल पनि बनाएका छन्, जसको भिडियो उनले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

अहिले टाइगर श्राफ र अक्षय कुमार आफ्नो फिल्म ‘बडे मियाँ छोटे मियाँ’को प्रमोशनमा व्यस्त छन् । यो चलचित्र इदको अवसरमा हलमा रिलिज हुँदैछ ।

भिडियोमा टाइगर सबैसँग गेम खेलिरहेका छन् । उनले पहिले कोकको बोतललाई जोडदार रूपमा हल्लाउँछन्, जसले गर्दा ग्यास बन्न थाल्छ । त्यसपछि उनले सबैलाई खेल खेल्न बोलाउँछन् । यसैबीच अक्षय पनि खेल खेल्न आउँछन् । टाइगरले अक्षयसँग बोतल मागे ।

अक्षयलाई बोतल दिएपछि टाइगरले खोल्न भन्छन्, अक्षयले बोतल खोल्ने बित्तिकै बोतलबाट पुरै कोक निस्कन्छ र उनको मुखमा खस्छ । त्यसपछि टाइगरले अप्रिल फूल भन्छन् र नाच्न थाल्छन् ।