२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै



अ+ अ-

काठमाडौँ । आयरल्यान्ड ‘ए’ टोलीविरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा नेपालको ‘ए’ टोलीले टस हारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट भर्खरै भएको टसमा आयरल्यान्ड ए का कप्तान निल रकले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले पहिला ब्याटिङ गर्नेछ ।

नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड एसँग नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

नेपाल ए को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित लोकेश बम, देव खनाल, पवन सर्राफ, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, आरिफ शेख, नारायण जोशी, बसिर अहमद र राशिद खान छन् । त्यस्तै बेन्चमा हेमन्त धामी, अर्जुन घर्ती, विकास आग्री र किरण ठगुन्ना छन् ।