१७ फाल्गुन २०८१, शनिबार
March 1, 2025 Saturday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.64

Wind: 1.54

Humidity: 76

Latest
सबै दल मिलेर संविधान संशोधन गर्नुपर्छ : उपसभापति गुरुङ मेयर बालेनप्रति सुनिताको टिप्पणी : अरुलाई दोष लगाउनु भन्दा आफ्नो कर्तव्य पुरा गरौं जनताको सुखदुःखमा साथ दिन छथर गाउँपालिकाका थरिथरि कार्यक्रम अन्तर प्रदेशस्तरीय भलिबलः सेनाको भैरवी दल र महोत्तरी फाइनलमा विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ-शेखर कोइराला संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप दोस्रो वीरगञ्ज गोल्डकपको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडको विजयी सुरुआत ‘काठमाडौं विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’ गैँडाको आक्रमणबाट एक घाइते गोल्डन स्कोरमा सेनालाई हराउँदै आयोजकले उचाल्यो गोर्खाली रग्बी सेभेन्स
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ मा नेकपाका दुई समूहबीच जुटेन सहमति



अ+ अ-

बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठकबारे नेकपाका दुई समूहबीच सहमति जुटाउने प्रयास असफल भएको छ । आइतबार प्रदेशसभा  बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेपनि आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका हुन्।

बैठकमा ओली समूहका नेताहरुले आइतबार निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेपनि प्रचण्ड–माधव समूहका नेताहरुले कम्तिमा आइतबार बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गरिनुपर्ने अडानमा कायमै गरेका हुन् ।

दुवै समूह आ-आफ्नै अडानमा कायम रहेपछि वार्ता बिना निष्कर्ष सकिएको छ । वार्तामा प्रचण्ड–माधव समूहबाट राजेन्द्र राई, इन्द्र आङ्बो र लक्ष्मण तिवारी सहभागी थिए भने ओली समूहबाट आन्तरिक मामला मन्त्री रहेका हिक्मत कार्की र बिमल कार्की सहभागी थिए ।

बैठक बस्नेबारे कार्यव्यवस्था परामर्श समितको बैठकमा पनि दुवै समूहको कुरा मिल्न नसक्दा दुई बजे बोलाइएको प्रदेशसभा बैठक बस्न सकेको छैन । मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् ।