३ आश्विन २०८१, बिहीबार
,
Latest
गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन : ३० माघभित्र बहस सक्न प्रधानन्यायाधीशको आग्रह



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधीसभा विघटन मुद्दाको बहस ३० माघभित्रमा सक्न आग्रह गरेका छन् । प्रतिनिधीसभा विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा सरकारी पक्षलाई आफ्नो बहस ३० माघभित्रमा सक्न आग्रह गरेका हुन् । 

मुद्दामा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षीका कानुन व्यवसायीलाई आउँदो शुक्रबारसम्म बहस सक्न प्रधानन्यायाधीशले आइतबार आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीको प्रतिरक्षाका लागि आएका अधिवक्ता रमेश बडालसँग आइतबार जबराले  माघ ३० गतेभित्र विपक्षीका तर्फबाट बहस सक्नुपर्ने बताएका थिए । तर अधिवक्ता बडालले प्रधानमन्त्रीको तर्फबाट बहस सक्ने बताए ।

प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री मात्र नभई सबै विपक्षीहरुको तर्फबाट बहस यो हप्ताभरिमा सक्नुपर्ने बताएका हुन् । उनले अघि भने ‘अब सहयोगी वरिष्ठ अधिवक्ता ज्यूहरुलाई पनि दिनुपर्यो, त्यसपछि हामीलाई पनि केही समय लाग्ला ।’

उनले सरकारी पक्षलाई यसअघि समय नतोके पनि अब समय कम भएकाले निश्चित समय तोक्नुपरेको बताए । आइतबारसम्म संसद विघटनको प्रतिरक्षामा सरकारी पक्षबाट सरकारी वकिलले मात्र बहस सकेका छन् ।