२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

भागरथी हत्या प्रकरणः दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान

भागरथी हत्या प्रकरणः दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान
अ अ+ अ-

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ । जिल्ला अस्पताल बैतडीमा भागरथीको शव पोस्टमार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन ।

शव बुझेपछि न्याय नपाइने आशंका भएकाले दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने निर्णयमा परिवार पुगेको भागरथीका काका शंकर भट्टले बताए । ‘घटना र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको निष्कर्षमा हामी पुगेका छौं,’ उनले भने, ‘दोषी पत्ता नलागेसम्म शव नबुझ्ने निर्णयमा छौं ।’ घटनाको राजनीतीकरण भएर दोषी उम्किन्छन् कि भन्ने आशंकाले शव नबुझेको उनको भनाइ थियो । ‘अहिलेसम्म प्रहरी–प्रशासनसँग त शंका छैन, कोही पहुँच भएका मानिस दोषी भए पत्ता लाग्न मुस्किल हुन्छ कि भन्ने डर छ, त्यसैले शव बुझेका छैनौं,’ उनले भने ।

अस्पतालले पोस्टमार्टम रिपोर्ट सोमबार मात्रै दिन सकिने जनाएको छ । अस्पतालका प्रमुख डा। वसन्तराज जोशीका अनुसार संवेदनशील केस भएको र अस्पतालमा बिरामीको चाप बढी भएकाले आइतबार रिपोर्ट तयार पार्न सकिएको छैन । बिहीबार मृत भेटिएकी भागरथीको शव पोस्टमार्टमका लागि शुक्रबार साँझ अस्पताल ल्याइएको थियो । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदी आइतबार घटनास्थल पुगेका छन् । प्रदेश प्रहरी कार्यालयका एसएसपी जनक पाण्डे र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्राविधिक टोली यसअघि नै घटनास्थल पुगेर अनुसन्धानमा जुटेका छन् ।

भागरथीका नजिकका साथी, आफन्तलगायतलाई घटनाबारे सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबारसम्म १० जनासँग सोधपुछ गरिएको र प्राविधिक टोलीले मोबाइल कलडिटेल बुझ्ने काम गरिरहेको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा भन्न नमिल्ने जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । ‘धेरै टोलीले अनुसन्धान गरिरहेका छन्, अपराधीलाई छिट्टै कानुनी कठघरामा ल्याउँछौं,’ उनले भने ।

भागरथीका हत्यामा संलग्नलाई कारबाही माग गर्दै आइतबार बैतडीका विभिन्न स्थानमा प्रदर्शन भएका छन् । विद्यार्थी, शिक्षक, नागरिक अगुवालगायत स्थानीय सर्वसाधारणले दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर भागरथीलाई न्याय दिनुपर्ने माग गरेका छन् । प्रदर्शनकारीले जिल्ला सदरमुकामको शाहीलेक, गोठालापानी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयबाहिर पुगेर नाराबाजी र कोणसभा गरेका थिए । टाउको र पाखुरामा कालोपट्टी बाँधेर विद्यार्थी, शिक्षकसँगै स्थानीयले न्यायको माग गरेका हुन् । घटनाका दोषी पक्राउ नपरुन्जेल प्रदर्शन जारी रहने जगन्नाथ बहुमुखी क्याम्पसकी छात्रा निर्मला टेरले बताइन् । यस्तै पाटन नगरपालिकामा पनि विद्यार्थी र स्थानीयले सडकमा प्रदर्शन गरेका थिए ।

स्थानीय सनातन धर्म माविमा १२ कक्षा पढिरहेकी भागरथीको शव बिहीबार बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा खोचलेक–चडेपानी ग्रामीण सडक खण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल वनमाराको झाडीमा फेला परेको थियो । अर्धनग्न अवस्थामा भेटिएको उनको शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूको निष्कर्ष छ । कपडाहरू च्यातिएको, शरीरमा चोट रहेको र योनीबाट अत्यधिक रक्तस्राव भएको अवस्थामा उनको शव भेटिएको थियो । घाँटीमा नीलडाम र मुखबाट रगतसमेत बगेको अवस्थामा शव फेला परेको थियो ।

बुधबार बिहान १० बजे विद्यालय गएकी उनी दिउँसो २ बजेतिर विद्यालयबाट केही साथीहरूसँगै घर जाने बाटोमै रहेको खोचलेक बजारमा देखिएकी थिइन् । साथीहरूसँग घर जान्छु भनेर हिँडेकी उनी बेपत्ता भएकी थिइन् । कान्तिपुर दैनिक