५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर हमालकी छोरी आरती सम्पर्कमा आइन्



अ+ अ-

कैलाली । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् ।

मेयर हमालकी जेठी छोरी भारतको गोवामै भेटिएकी र स्वास्थ्य अवस्था कमजोर रहेको हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । उनी सोमबारदेखि सम्पर्कविहीन भएको भन्दै मेयर हमालले खोजीको लागि सहयोग गर्न आग्रह गरेका थिए।

हमालले फेसबुकमा लेखेका छन्– ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गराउँदछु। खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु ।

साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’