१३ श्रावण २०८३, बुधबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरात र मुम्बईको खेलमा नरेन्द्र मोदी स्टेडियममा फ्यानबीच हानाहान



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को पाँचौं खेल गुजरात टाइटन्स र मुम्बई इन्डियन्स बीच आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको थियो ।

गुजरात र मुम्बईबीच हार्दिक पाण्ड्याको कीर्तिमानी ट्रेडिङ भएकाले दुई टोलीबीचको यो खेललाई लिएर फ्यानमा निकै उत्साह थियो ।

नयाँ कप्तानको रूपमा पाण्ड्याले पहिलो खेलमा आफ्नो पूर्व फ्रेन्चाइजको सामना गरिरहेका थिए ।

यो खेलको क्रममा एक घटनाको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा फ्यानहरू आपसमा झगडा भएको र भीषण कुटाकुट भएको देख्न सकिन्छ । यो भिडियो छिट्टै फैलियो तर फ्यानबीचको झगडाको कारण भने खुल्न सकेको छैन ।

 

हार्दिक पाण्ड्या गुजरात टाइटन्सबाट मुम्बई इन्डियन्समा फर्किएका छन् । नरेन्द्र मोदी स्टेडियममा उपस्थित फ्यानहरूले हार्दिक पाण्ड्यालाई चर्को स्वरमा गाली गरे । इङ्लिस कमेन्टेटर केभिन पिटरसनले पनि भारतमा क्रिकेटरलाई यसरी गाली गरेको पहिलो घटना देखेको बताएका छन् ।

हार्दिक पाण्ड्याबाट फ्यानहरू निराश हुनुको अर्को कारण रोहित शर्माको स्थानमा मुम्बई इन्डियन्सको कप्तान बन्नु पनि हो ।

मुम्बई इन्डियन्सले सिजन अघि रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तानी गर्ने घोषणा गरेको थियो । मुम्बई इन्डियन्सका फ्यानहरु यो निर्णयबाट खासै खुसी देखिएनन् । यही कारणले गर्दा हार्दिक पाण्ड्या आलोचनाको घेरामा परे र प्रदर्शनमा पनि सफल हुन सकेनन् । मुम्बई इन्डियन्सको टोलीले १६९ रनको लक्ष्य पछ्याउन सकेन ।

गुजरात टाइटन्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । जवाफमा मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । योसँगै मुम्बई इन्डियन्स टोलीले प्रतियोगिताको आफ्नो पहिलो खेल जित्न नसकेको १२ वर्ष लामो सिलसिला तोड्न सकेन ।