२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरात र मुम्बईको खेलमा नरेन्द्र मोदी स्टेडियममा फ्यानबीच हानाहान



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को पाँचौं खेल गुजरात टाइटन्स र मुम्बई इन्डियन्स बीच आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको थियो ।

गुजरात र मुम्बईबीच हार्दिक पाण्ड्याको कीर्तिमानी ट्रेडिङ भएकाले दुई टोलीबीचको यो खेललाई लिएर फ्यानमा निकै उत्साह थियो ।

नयाँ कप्तानको रूपमा पाण्ड्याले पहिलो खेलमा आफ्नो पूर्व फ्रेन्चाइजको सामना गरिरहेका थिए ।

यो खेलको क्रममा एक घटनाको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा फ्यानहरू आपसमा झगडा भएको र भीषण कुटाकुट भएको देख्न सकिन्छ । यो भिडियो छिट्टै फैलियो तर फ्यानबीचको झगडाको कारण भने खुल्न सकेको छैन ।

 

हार्दिक पाण्ड्या गुजरात टाइटन्सबाट मुम्बई इन्डियन्समा फर्किएका छन् । नरेन्द्र मोदी स्टेडियममा उपस्थित फ्यानहरूले हार्दिक पाण्ड्यालाई चर्को स्वरमा गाली गरे । इङ्लिस कमेन्टेटर केभिन पिटरसनले पनि भारतमा क्रिकेटरलाई यसरी गाली गरेको पहिलो घटना देखेको बताएका छन् ।

हार्दिक पाण्ड्याबाट फ्यानहरू निराश हुनुको अर्को कारण रोहित शर्माको स्थानमा मुम्बई इन्डियन्सको कप्तान बन्नु पनि हो ।

मुम्बई इन्डियन्सले सिजन अघि रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तानी गर्ने घोषणा गरेको थियो । मुम्बई इन्डियन्सका फ्यानहरु यो निर्णयबाट खासै खुसी देखिएनन् । यही कारणले गर्दा हार्दिक पाण्ड्या आलोचनाको घेरामा परे र प्रदर्शनमा पनि सफल हुन सकेनन् । मुम्बई इन्डियन्सको टोलीले १६९ रनको लक्ष्य पछ्याउन सकेन ।

गुजरात टाइटन्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । जवाफमा मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । योसँगै मुम्बई इन्डियन्स टोलीले प्रतियोगिताको आफ्नो पहिलो खेल जित्न नसकेको १२ वर्ष लामो सिलसिला तोड्न सकेन ।