२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बैङ्ककमा नेपाली साहित्य सुन्ने सुनाउने कार्यक्रम सम्पन्न

बैङ्ककमा नेपाली साहित्य सुन्ने सुनाउने कार्यक्रम सम्पन्न
अ अ+ अ-

काठमाडौं । थाईल्याण्डको राजधानी बैङ्ककमा नेपाली साहित्य सुन्ने सुनाउने कार्यक्रम भएको छ । कार्यक्रममा गर्मीको विदामा नेपाली भाषा सिकिरहेका विद्यार्थीहरुले बिभिन्न सृजनाहरु सुनाएका थिए ।

आफ्ना बालबालिकाहरुले छोटो समयमा नै आफ्नो मातृ तथा पितृ भाषा सिकेर दिएको प्रस्तुतिले अग्रजहरु प्रफुल्लीत भएका थिए । थाइ नेपाली संघको साहित्य संगीतप्रेमी मण्डलीले  आयोजना गरेको कार्यक्रममा नेपाली बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले जागरण गीत सहित बिभिन्न कला प्रर्दशन गरेको स्थानीय राज कर्माचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले नेपाली साहित्यका अनुरागी तथा थाइ(नेपाली संघको प्रथम प्रयासमा गर्मीको विदामा नेपाली भाषा सिकिरहेका साना विद्यार्थी भाईबहिनीहरू र म्यानमारदेखि आउनुभएका नेपाली साहित्यकारहरू सहितको भेलामा नेपाली साहित्य सुन्ने सुनाउने कार्यमा सरिक हुने अवसर प्राप्त भएको जनाउनु भयो । राजदूत वलीले सो अबसरमा आफ्नो रचना समेत वाचन गर्नुभएको थियो । उहाँले हाम्रा पुर्खाहरु कसरी बिदेश पलायान भएका थिए भन्ने बारेमा पनि जानकारी गराउनु भएको थियो ।

थाई नेपाली संघ बैङ्कक शाखा, शिक्षा बिभागको अन्तरगत शिक्षा बिभाग प्रमुख ओम प्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा म्यानमार सहित त्यस क्षेत्रमा रहेका नेपालीभाषीहरुको उल्लेख उपस्थिती रहेको थियो ।