२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागु पूर्णिमाका दिन पनि पानी पर्ने !



अ+ अ-

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । यसका कारण अहिले नेपालका धेरै ठाउँमा पानी परेको छ । फागु पूर्णिमाका दिन भोलि पनि ठाउँठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घन्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ । साथै पश्चिमी भूभागहरूमा पनि वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले अद्यावधिक गरेको विवरण अनुसार पछिल्लो १२ घन्टामा गोरखाको बिरेनचोकमा ८८.८ मिलिमिटर वर्षा मापन भएको छ भने लमजुङको कुन्छामा ४६.४ मिलिमिटर वर्षा भएको छ ।

झापाको चन्द्रगढीमा १८.४, पाँचथरको फिदिममा २१.२, मोरङको लेटाङमा ८.६ मिलिमिटर, सुनसरीको धरानमा २९.२ मिलिमिटर, चतारामा २५. ८ मिलिमिटर, ताप्लेजुङमा ७.८ मिलिमिटर, सिन्धुलीमा ७.६ मिलिमिटर, दोलखामा ६.६ मिलिमिटर, मकवानपुरको चिसापानीगढीमा ३२.६ मिलिमिटर, धादिङको गजुरीमा २०.४ मिलिमिटर, काठमाडौंको कीर्तीपुरमा १० मिलिमिटर, गोरखाको आरूघाटमा १९.६ मिलिमिटर, तनहुँको बन्दीपुर २४ मिलिमिटर,कालीकोटको मान्ममा ८.६ मिलिमिटर, विजयपुरमा २१.४ मिलिमिटर, जुम्लामा १० मिलिमिटर, मुगुको ताल्चामा १६.५ मिलिमिटर वर्षा मापन भएको छ ।

आज पनि देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि फागु पूर्णिमाका दिन पनि केही ठाउँमा हल्का वर्षा हुने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पर्सी सोमबार पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।