४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेलकम एड्भरटाईजिङको ‘ह्याप्पी होली’



अ+ अ-

काठमाडौं । नेपालको अग्रणी विज्ञापन एजेन्सी वेलकम एड्भरटाईजिङले आपसी एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

वेलकम एड्भरटाईजिङले आफ्नै कार्यालय प्राङ्गणमा विशेष कार्यक्रम गरी होली पर्व मनाएको हो ।

फागु पूर्णिमा अर्थात् होली नेपालमा हर्षोल्लासका साथ मनाइन्छ । यो समय वसन्तको प्रचुर मात्रामा रंगहरूको आनन्द लिने र जाडोलाई बिदाइ गर्ने समय हो । हिन्दूहरूका लागि नेपालमा सबै उमेर र पृष्ठभूमिका मानिसहरूले व्यापक रूपमा मनाइने चाडहरू मध्ये रंगहरूको पर्व होली, एक हो ।

परापूर्वकालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा होली पर्व मनाइन्छ ।

हालको समाज, परम्परा र पराम्परागत मूल्य मान्यतादेखि टाढा हुँदै आधुनिकता तर्फ धकेलिँदै गईरहेको अवस्थामा वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेल तथा निता पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई रमाईलोे उमङ्ग र उत्सवकोे पर्व होली को शुभकामना सहित, विभिन्न होलीको रंग लगाई दिदै यस्ता पर्वहरुले समाजमा टुटेको सम्बन्ध, द्वन्द्वको अन्त्य र विगतबाट सञ्चित भावनात्मक अशुद्धताहरूबाट छुटकारा पाउन र आपसी मेलमिलाप का साथै आत्मियताको राम्रो विकास तथा समाजको पुर्नस्थापना र नवीकरण गर्न थप हौसल्ला मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।

सो अवसरमा वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुले एक–आपसमा रंगहरु छ्यापेर, गीतहरू र नृत्यहरूमा संलग्न भएर, होलीका व्यंजनहरूका साथमा “ह्याप्पी होली” शुभकामना आदानप्रदान गर्दै होलीपर्व मनाएका छन् ।