१४ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु पूर्वी जिल्लाका सांसदहरुलाई रास्वपाको निर्देशन–गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भुमिका खेल्नू खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्ने भएको छ । सचिवालय बैठक दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी बोलाइएको हो ।

यस्तै आजै तीन बजेदेखि मस्यौदा समितिको बैठक पनि बस्ने बताइएको छ ।

सचिवालय बैठकमा महाधिवेशन केन्द्रित विषयका साथै उपनिर्वाचनमा पार्टीले उम्मेदवार उठाने नउठाउनेबारे छलफल हुने नेताहरूको भनाइ छ । बैशाख १५ गते इलाम २ र बझाङ प्रदेश १ मा उपनिर्वाचन हुँदैछ । इलाम २ मा एमालेको सहयोगमा झलनाथ खनालले उम्मेदवारी दिने चाहना राखेका छन् ।

तर एमालेले स्वर्गीय सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।