२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व

निजी क्षेत्रको पिडाः दुवै नेकपाको प्रदर्शनका लागि चन्दा दिन बाध्य

निजी क्षेत्रको पिडाः दुवै नेकपाको प्रदर्शनका लागि चन्दा दिन बाध्य
अ अ+ अ-

काठमाडौं । कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा दिन बाध्य भएका हुन् । सरकार पक्षीय प्रदर्शन र विपक्षमा जारी आन्दोलनले निजीक्षेत्र थप मारमा परेको उद्यमीहरूले बताए । दुवै पक्षले आआफ्नो पक्षको प्रदर्शनमा सहभागिता जुटाउन उद्योगी व्यवसायीसँग चन्दा उठाउन थालेपछि उद्योगी व्यवसायी सकसमा परेका छन् ।

संघीय राजधानी काठमाडौंमा प्रतिस्पर्धात्मक शैलीमा भएका प्रदर्शनमा जिल्लाजिल्लाबाट सहभागी पुर्याउने नाममा चन्दा उठाइएको हो । प्रधानमन्त्री ओलीको सिफारिशमा प्रतिनिधिसभा विघटन भएयता राजनीतिक अन्योल बढेर गएको छ । सत्तासीन नेकपाकै प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । अन्य विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् । ओली समूह समर्थकले प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरेका छन् ।

मुख्य औद्योगिक प्रतिष्ठानहरू रहेको वीरगञ्ज–पथलैया कोरिडोरका उद्योग र प्रतिष्ठानका कार्यालयहरूमा सत्तासीन राजनीतिक दलका समूहले प्रतिस्पर्धात्मक रूपमा चन्दा उठाइरहेको एक उद्योगीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा र प्रचण्ड–माधव दुवै समूहले उद्यमी व्यवसायीसँग चन्दा मागेका छन् ।

दुवै नेकपाका स्थानीय नेताहरूले आन्दोलनमा सहभागिता जुटाउने नाममा व्यवसायीलाई सहयोगका लागि दबाब दिएका छन् । प्रचण्ड–माधव समूह र ओली समूहले संघीय राजधानीमा गरेको प्रदर्शनमा सहभागिता जुटाउन भन्दै ती समूहका नेताहरूले चन्दा उठाएका हुन् । आर्थिक अभियान दैनिकमा  ओमप्रकाश खनालले लेखेका छन् ।