२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व

काठमाडौंमा पुनः देखियो बर्डफ्लु

काठमाडौंमा पुनः देखियो बर्डफ्लु
अ अ+ अ-

काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु रोग देखापरेको छ । यसअघि माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला फुटुङमा बर्डफ्लु देखापरेको थियो । त्यसपछि पशुसेवा विभागले उक्त क्षेत्रलगायत देशका अन्य शंकास्पद स्थानमा समेत सघन रूपमा निगरानी गरी परीक्षण गरिरहेको थियो ।

त्यसै क्रममा तारकेश्वर नगरपालिकाकै वडा नं १ मा स्थानीय कृषकले पालेका हाँसको नमूना परीक्षण गर्दा माघ २७ गते पुनः बर्डफ्लु रोग प्रमाणित भएको हो । विभागले बिहीवार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । रोग पुष्टि भएसँगै थप फैलन नदिई नियन्त्रणमा लिन विभागले पशुसेवासँग सम्बद्ध निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पशुपन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरेको छ । सो क्रममा १४ सय २१ हाँस, ४२ ओटा कुखुरा, २६ ओटा अण्डा, र ८ सय केजी दाना नष्ट गरी उक्त क्षेत्रलाई पूर्णरूपमा निःसंक्रमण गरिएको छ ।

पटकपटक संक्रामक रोग देखापरिरहँदा त्यसको पर्याप्त मात्रामा परीक्षणका लागि प्रयोगशालाको अभाव भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले बताए । उनका अनुसार मन्त्रालयको मातहतमा पूर्णरूपमा चलिरहेका आठओटा प्रयोगशालामध्ये हाल पाँचओटा प्रयोगशाला स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणका लागि प्रयोग गरिरहेको छ । बाँकी तीनओटामा मात्रै बर्डफ्लुको नमूना परीक्षणको काम भइरहेको छ । ‘यो हाम्रा लागि अपर्याप्त नै हो । चाँडोभन्दा चाँडो थप प्रयोगशालाको व्यवस्था नभए परीक्षणका लागि समस्या पर्न सक्छ,’ उनले भने । यो समाचार आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।