६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

शरीर दर्शन

शरीर दर्शन
अ+ अ-

उसका तीन कुरा औधी राम्रा थिए ।
पहिलो उसको लेखाई । दोस्रो उसको व्यवहार । र तेस्रो उसको शरीर । मैले उसलाई चिनेको नै उसको लेखाईले हो । उसंग नजिक भएको उसको व्यवहारले । उसैको शरीरले लोभ्याएर हो म उसंग यति झ्याम्मिएको ।
उ काठमाण्डौंमा संघर्ष गर्न होइन, पढ्न आएकी । पछि पढ्न भन्दा बढि सघंष गर्न मन पराई । विदेशी लेखिकाको केही कितावहरु पढेपछि उसलाई त्यस्तो लागेको हुनुपर्छ, भावुकताबस ।  उसका दाई निजामति सेवाको प्रतिष्ठित पदमा कार्यरत थिए  । आमा बा पनि सम्पन्न । तराईमा प्रशस्त जग्गाजमिन भएको । उसको भागमा मात्रै दुई बिगाहा जमिन छ भन्थी उ । दिदीलाई र उसलाई परिवारले छुट्टयाइदिएको रे । बाबु राजनीति गर्थे रहरले । उनमा कुनै लप्पन छप्पन थिएन । बस सबैलाई सहयोग गर्दा गर्दै नेता बनिगए ।

मेरो कथाकी नायिका परिवार परस्त थिइन । उ बेला बेलामा परिवारको कुरा गरे पनि बाँच्ने त एक्लै हो भन्थी । नपुग केही थिएन । तर काठमाण्डौंमा दुःख देखिने गरि बसेकी थिई । 
शहरभन्दा अलि पर सामान्य घरमा एउटा सानो कोठा थियो उसको । चार हजारको सानो खाट, पातला सिरग डस्ना, सानो टेबुल, एउटा चुल्हो भएको ग्याँस । ल्यापटप होइन पुरानो मोडेलको कम्प्युटर थियो उसंग । जमानामा आफैले किनेकी । हल्का टाइप गर्न र गीत सुन्न मिल्थ्यो । भन्थी, ‘म आफै कमाउँछु र आफै बाँच्छु ।’ महिनाको १५ दिन उ यही रट्थी । घर बहाल तिर्ने बेला दाईले पठाएको पैसा लिन बैंक पुग्थी । १५ दिन केही शान्त हुन्थी र फेरि उही पुरानै हुटहुटी । भन्थी, ‘म आफै बाच्न सक्छु । के सोच्छन मान्छेहरु । के म केही गर्न सक्दिन ? मेरो दाई मलाई केटकेटी सम्झिन्छ । हेर्नुहोला एकदिन म मेरो परिवारलाई केही गरेर देखाउँछु ।’ यसो भनिरहदा उ घरबाट ल्याएको चामल र दाल पकाएर मलाई खुवाउँदै हुन्थी । 

‘तिम्ले पक्कै पनि केही गरेर देखाउनु पर्छ परिवारलाई । अरु केही गर्न नसके पनि बिहे गरेर देखाउनु पर्छ ।’ म जिस्किन्थे र उ मलाई कुट्न लखेट्थी । एउटा सानो कोठामा कहाँ भाग्नु ? उ मलाई भेट्टाई हाल्थी र एक मुडकी कुट्न पनि भ्याउथी । 
तीस नपुगेकी उ । ठुलठुला कुरा गर्थी । आफै केही गर्नुपर्छ भन्थी । आदर्श कुराहरुमा उसलाई दिलचस्पी थियो । लेखेर अनावश्यक चर्चामा भन्दा पनि पाठकको मनमा बस्नु पर्छ भन्थी । एउटी कलिली लेखिकाका यस्ता कुराहरुलाई म चाख मानेर सुन्थे । लेख्न राम्रै लेख्थी । दुईटा उपन्यास मध्ये पछिल्लो उपन्यास त निकै राम्रो पनि र¥यो । मैले त त्यो उपन्यासले पुरस्कार पाउला भन्ने सोचेको थिए । तर पाएन । त्यसमा उ होइन म खिन्न भए । मलाई के लागेको थियो भने राम्रो रचनाको कतै न कतै सम्मान हुन्छ । तर उसले भने झै उ पाठकको मनमा नै सिमित भई । किताव पटक पटक छापियो र राम्रै पनि बिक्यो । सानो मसिनो उपन्यास एकै बसाईमा पढ्न सकिने । 
लेखाईबाट सुरु भएको हाम्रो परिचय छिट्टै झाम्मियो । उ दिमाग कम र मन ज्यादा भएकी केटी । म दिमाग चलाएर मनको कुरा गर्न खप्पिस । के थियो ? उ लपक्क भइहाली ।

उ नयाँ कितावको तयारी गर्दै थिई । पाए सम्म नयाँ किताव पढ्ने उ,  पढ्दै र लेख्दै गर्न सक्थी । उसको यो क्षमता मलाई असाध्यै मन पथ्र्यो । म लेख्न थालेपछि अरुको किताव पढ्दिनथे. । अरुको किताव पढिरहदाँ आफु लेख्न सक्दिनथें । 
आफुले लेखेको केही पानाहरु उसले मलाई पढेर सुनाई । प्रेमको आत्मिक सन्दर्भको चर्चा थियो लेखाईमा । उसले मनलाई महत्व दिएर नायिकालाई बोल्न लगाएकी थिई, ‘तिमी जीवन र यौवनलाई प्रेम भन्ठान्छौ होला तर म मृत्यु र जीवनलाई प्रेम भन्छु । म प्रेम मनमा अनुभूत गर्छु र तिमी शरीरमा ।’
मैले प्रतिवाद गरे, ‘शरीर र मन छुटाउने कुरा होइन । प्रेम गर्नेले मनलाई पनि प्रेम गर्छ शरीरलाई पनि । फेरि प्रेम भनेको अनुभूति मात्र होइन स्पर्श पनि हो ।’ 
उ मान्न तयार भइन । भनी, ‘प्रेम गरेको मानिस अनुभूतिमा नै सुन्दर देखिन्छ ।’
‘प्रेम गरेको मानिस नाङगो पनि प्रिय लाग्छ ।’ मैले भने, ‘प्रेम नगरेको नाङगो शरीर सोच्न पनि सकिदैन । मानिसलाई सुन्दर बनाउने प्रेमले हो । अझ नाङगो शरीरको श्रृंगार हो प्रेम ।’
उ अझै मान्न तयार भइन, ‘तिमी यौनको कुरा गरिरहेका छौं ।’
मैले भनें, ‘कसैको उपस्थिति विना, मात्र अनुभूतिमा कसैलाई प्रेम गर्नु पूजा गर्नु हो । त्यो माया होइन । जुन हामी भगवानसंग मात्र गछौं । मानिस सुखी हुनलाई पूजा होइन प्रेम चाहिन्छ । ’
मेरो कुरामा उसले सहमति जनाइन । तर  पहिलो पल्ट प्रतिवाद गरिन । यहीनेर मलाई मेरो कुराले उसलाई छोएछ भन्ने लाग्यो । त्यसपछि उसले प्रेम र यौनको भिन्नताका बारेमा सोधी । मैले भिन्नता होइन समानताको कुरा गरिदिएँ । 
सम्पन्न परिवारमा जन्मी हुर्केकी एउटी केटी जसले आफ्नो विदेशमा रहेको प्रेमीको फोटोमा चुम्वन बाहेक अरु केही गरेकी छैन । उसलाई मसंग बसेर प्रेम र यौनको कुरा गरिरहदा पक्कै केही भएको हुनुपर्छ । उसले लामो सास फेरी । 
मैले पनि लामो सास फेरें । कपडाभित्रको उसको सुन्दर शरीर सम्झेर । पातलो र गोरो उसको शरीरमा भिन्नै आकर्षण थियो । अझ बेला बेलामा मनले गर्ने उसको आत्मिक व्यवहार । मभित्रको लोभी पुरुष पटक पटक असन्तुलित हुदै थियो । मैले आफ्नो बलबुताले भ्याएसम्म  आफुलाई रोकिरहेथें । मलाई के थाहा थियो भने जसरी म बेकाबु भइरहेको छु त्यसै गरि उ पनि हुनेछे र मलाई झ्वाम्म अंगालो हाल्नेछे । 
नभन्दै त्यस्तै भयो । उसले मलाई अंगालो हाली ।
‘के गरेकी यो ?’ म बनावटी रुपमा बोलिदिए ।
‘तिमी बढि बोल्छौं ।’ उ लाडिई । म चुप लागें । उ पनि बोलिन । 

उसको शरीर मैले पहिलोपल्ट त्यहि दिन देखेको । 

शरीरसम्मको यो यात्राले हामीलाई अझ आत्मिय बनायो । 
‘तिमीले मलाई एकदमै बिथोली दियौ । म कस्तो शान्त पोखरी जस्तो थिए । अहिले हरघडी तिमीलाई सम्झिन्छु । खहरेभन्दा चर्को भयो ।’  एक साँझ उसले मलाई फोन गरी । म हाँसे मात्र । मलाई केही बोल्नु पर्छ जस्तो पनि लागेन । के बोलुँ थाहा नै भएन । तैपनि ‘किन त्यस्तो भयो त ।’ भनेर सोधें । 
‘लगातार ढुङगा हान्ने काम जो तिमीबाट भइरहेको छ ।’
‘मैले पोखरीमा ढुङगा हानेको होइन । पोखरीको पानी पिएको मात्र हुँ । तरङ त पोखरीमा पहिले नै थियो । पोखरीमा छचल्किएको त्यहि तरङले त हो नी मलाई तिमीसम्म तानेको ।’ म हाँसे । 
‘अव के के हुने हो थाहा छैन ।’ यसो भनेर उसले फोन राखी । अव के हुन्छ, मलाई पनि थाहा थिएन । तर त्यो रात उसले मलाई आफु जस्तै खहरे नै बनाई । 
पछिल्ला दिनहरुमा एकअर्काको शरीर दर्शन हामीलाई सहज भयो । 
यसबीचमा उसले कथाहरु पनि लेख्न थालेकी थिई । कथामा खुलेर यौनको कुरा गर्न थालेकी थिई । उसको प्रेमको परिभाषा नै बदलिएको थियो । मनमा अनुभूत गर्ने प्रेमभन्दा उ माथि उठेकी थिई । भन्थी, ‘प्रेमका लागि तिमी मेरो शिक्षक हौ ।’ म हाँसीदिन्थे । यो सामान्य कुरा हो भन्ने मलाई लाग्थ्यो । भावुक र एकाङकी केटीहरु जे मा पनि भावुक बनिदिन्छन् । साँझमा उदास हुनु, दुई चार एसएमएस गर्नु या च्याटमा बस्नु, रात रातभर गीत सुन्नु या केही लेख्नु अनि बिहान अबेला सम्म सुत्नु उसको दिनचर्या थियो । दाईले पैसा पठाइ हाल्थ्यो । दिनभरि साहित्यिक कार्यक्रम, लाइब्रेरी या पुस्तक पसलमा बिताउँथी । तर पनि ‘म आफै बाँच्न सक्छु । केही गरेर देखाउँछु’ भन्न छोड्दिनथी । 
बन्द कोठाको चार दिवारीमा अनौपचारिक हाम्रो सम्वन्ध साहित्यिक संगोष्ठीहरुमा भने अत्यन्त भद्र हुने गथ्र्यो । यसो गर्न मैले नै सिकाएको थिए उसलाई । उसले मानेको प्रेमको शिक्षक जो ठहरिए ।
एक दिन उसले दिलाशाको कुरा गरी । बोर्डिङकी एक शिक्षिकाको । त्यसो त दिलाशाको कुरा उ पहिले पनि गर्थी । पुरुषलाई अत्याधिक घृणा गर्ने दिलाशा उसको मिल्ने साथी थिई । भन्थी,‘दिलाशाले म तिमीसंग हिडेको बोलेको पनि मन पराउँदिन । केटाहरु मतलबी हुन्छन् भन्छे । तर मलाई तिम्रो नजिक भइरहन मन लाग्छ ।’ 
तर त्यो दिन दिलाशाको कुरा उसको मुखबाट सुनेपछि मलाई लाग्यो, उ त मभन्दा अगाडी रहिछ । उसको शरीरको दर्शन मैले मात्र होइन दिलाशाले पनि गर्दिरहिछ । 
‘के गरेकी त्यस्तो ?’
‘दिलाशाले के के गर्थी । म नाई भन्नै सक्दिनथें । मन नपरेपनि सहन्थे म’ उ माया लाग्दी देखिई । ‘तर मलाई लेख्ने विषय पनि मिलेको छ नी । महिला समलिङगीहरुको बारेमा अव म लेख्न सक्छु नी ।’ ए भावुक लेखिका । उसको लेखनप्रतिको यो आकर्षण बुझि नसक्नु लाग्यो । दिलाशासंगको सम्वन्धलाई उसले नै सामान्य रुपमा लिए पछि मैले मात्र किन असामान्य रुपमा लिनु ? भनें, ‘तिमी त कति भाग्यमानी । पुरुष महिला दुबैको अनुभव लिन पायौ । यस्तो अनुभव बिरलैले मात्र पाउँछन् ।’
‘मलाई त केटा नै मन पर्छ । दिलाशा साथी हो नाई भन्न सक्दिन । मलाई पाइन भने मर्छु भन्छे ।’ 
‘तिमीलाई मन पर्दैन भने किन भन्न सक्दिनौं त ? मर्न देउ न उसलाई ।’ म साँच्ची कै झर्किए उसंग । 

एक दिन अकस्मात उ बिरामी भई भन्ने सुनें । हतार हतार अस्पताल पुगें । मैले संधै एक्लो भेटेकी उ परिवारले घेरिएकी थिई । कोही केही बोलिरहेका थिएनन् । मैले सोध्ने आँट पनि गरिन । ‘उ भित्र आइसीयूमा छे ।’ उसको दाईले भन्यो, ‘डाक्टरहरुले भगवानलाई प्रार्थना गर्नु भनेका छन् ।’ उसको परिवारसंग राम्रो चिनजान थिएन । आइसीयु बाहिरपट्टिको लबीमा एक्लै बसें । र भगवानलाई प्रार्थना गर्न थालें । 
केही प्रहरीहरु आए र दाईसंग कुरा गरे । दाईको आवाज सुनिन तर अनुहार आँत्तिएको देखें । दाई प्रहरीसंगै हिडें र मलाई पनि बोलाए । म प्रहरी र दाईको पछि पछि लागें ।
दिलाशाले यस्तो गर्छे भनेर मैले सोचेको समेत थिइन ।  समलिङगी आदत भएकी यो महिला मलाई उसको मिल्ने साथीभन्दा बढ्ता अरु केही लाग्दैनथ्यो । तर प्रहरी चौकीमा दिलाशाको बयान सुनेपछि म हैरान भए । स्वास्नीमान्छेको यस्तो ह्रिंसक रुप मैले कल्पना पनि गरेको थिइन । 
उसंग बलजफ्ति अनैतिक सम्वन्ध राख्दै आएकी दिलाशाले उसलाई बिबाहको प्रस्ताव गरिछ । उसले मानिन । मान्ने कुरा पनि भएन । उसको आफ्नै प्रेमी थियो । विदेशमा पढ्न गएको । शरीर दर्शनका क्रममा उ पटक पटक आफ्नो प्रेमी सम्झिदै मसंग जिस्केकी थिई, ‘उसको लागि साँचेको शरीर तिमीलाई दिएँ ।’ 
‘मैले शरीर लिएको हैन दर्शन मात्र गरेको ।’ मेरो कुरा सुनेर उ हाँस्थी । 
‘तिमी मेरी हुदिनौ भने कसैको पनि हुन दिन्न ।’ भनेर दिलाशाले घाँटी अठ्याईछ र उ बेहोश भएपछि आफैले अस्पताल ल्याएर परिवार र प्रहरीलाई खवर गरिछ । साँझ सम्ममा उ नरहेको खवर रेडियो र टिभीहरुले फुक्न थाले । मलाई असैह्य भयो । एक घण्टाजस्तोमा नै पोष्टमार्टम गरिएको उसको शरीर लिएर हामी पशुपति आर्यघाट पुग्यौं । 
बहिनीको खुशी र रहरका लागि एक्लै बस्न पनि दिने उसको दाई भक्कानिएर रुदै थिए । म आफै पनि आफुलाई संभाल्न सकिरहेको थिइन । तीन चोटी घुमाएर उसको शरीरलाई चितामा राखियो । उसको बुबा, दाई, म र उसको काकाको छोराले उसको शरीरलाई चितामा राखेका थियौं । 
मैले पटक पटक चुम्वन गरेको उसको कलिलो, पातलो ओठमा उसको बुबाले कपुरसहितको आगो राखे र भक्कानिए । मलाई आफ्नै ओठ पोलेजस्तो लाग्यो । दुबै हात जोडेर मैले अन्तिमपल्ट दर्शन गरें उसको बल्दै गरेको नाङगो शरीरलाई ।