२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु

पश्चिमी वायुको प्रभावले हिमपात तथा हल्का वर्षा हुने

पश्चिमी वायुको प्रभावले  हिमपात तथा हल्का वर्षा हुने
अ अ+ अ-

काठमाडौं । केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    
महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भागमा हुस्सु÷कुहिरो लागेको छ ।
    
महाशाखाका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभाव आगामी बुधबारसम्म कायम रहने जानकारी दिनुभयो । विगत दुई दिनदेखि मौसममा आइरहेको फेरबदलका बाबजुद अहिले पश्चिमी वायु सक्रिय रहेकाले देशभर पूर्वदेखि पश्चिमी उच्च पहाडी भेग तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम बदली भए पनि थोरै स्थानमा मात्र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलको भनाइ छ ।
    
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानमा हल्का हिमपातको हुनेछ । उच्च पहाडी भेगमा थोरै क्षत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा हुनेछ । रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मङ्गलबार प्रदेश नं १ मा आंशकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागका धेरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम आठ र अधिकतम तापक्रम २१ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।