१९ माघ २०८१, शनिबार
,
Latest
युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीप्रति राजेन्द्र पाण्डेको आक्रोश: खोलाको बगरको ठुटोलाई छोडेझैं गरेर हिँड्नुभयो



अ+ अ-

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गर्नुभएको छ ।

नयाँ सत्ता समिकरण निर्माण गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) लाई थाहा नदिएकोमा उहाँको प्रधानमन्त्री दाहालप्रति आक्रोश थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्रीले पछिल्लो गठबन्धन बनाउने बेला आफूहरुलाई अलपत्र छोडेर हिँड्ने अनैतिक काम गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले काँग्रेस र एमाले मिलेर अघि बढे बेहाल हुने अवस्थामा प्रधानमन्त्रीको रहेको पनि बताउनु भयो ।

उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘मेरो पार्टी पनि अहिलेको सरकारमा सहभागी भएको हुनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रश्तावको समर्थन गर्न म उभिएको छु । तर मेरो केही आलोचना पनि छ सम्माननीय प्रधानमन्त्रीप्रति नै । मैले विश्वासको मत दिने एउटा ठाउँमा हो । तर मैले उहाँप्रति भन्न पाउने अधिकार पनि छ । यो तेस्रो पटक भोट हाल्दैछु म उहाँलाई । फागुन १८ गते साँझसम्म मैले प्रधानमन्त्रीज्युलाई नै भेटेको छु । त्यही दिन म व्यक्तिगत कामको शिलशिलामा जापान गए । दुई दिन पछि हेर्छु । यहाँ त गठबन्धन बदलिई सकेको छ । ४ वटा दलले सिग्नेचर गरेका छन । हामी एकीकृत समाजवादीको तर्फबाट यो देशको संविधानको रक्षाका लागि, पार्टी भित्र जन्मको व्यक्तिवादका बिरुद्धमा उत्रेर हामी छुट्टै विद्रोह गरेर आएको शक्ति हो । त्यो विद्रोह गरेर आफैले बनाएको पार्टी तोडेर बिख पिएर हामी तपाईहरुले बनाएको गठबन्धनमा थियौं । हामीलाई बाटोमा छोडेर खोलाको बगरमा खोलाले बगाएर लगेको ठुटोलाई छोडेझैं गरी छोडर हिँडनु भयो । यो भन्दा अनैतिकता के हुन्छ ? मैले प्रधानमन्त्रीजीलाई यो रोष्टमबाट प्रश्न गर्न चाहन्छु–यो भन्दा अनैतिकता के हुन्छ ? एकचोटी हाम्रो पार्टीको ठाउँमा सम्माननीय प्रधानमन्त्रीजीले सोच्नुस । अघि भर्खर कुरा आएको छ । ओलीजी र शेरबहादुरजी घाँटी जोडेभने तपाईको हालत के हुन्छ ? त्यसकारण यो खालको जे व्यवहार भयो, यो प्रति घोर आपत्ति, नेपालको राजनीतिप्रति नै शंका, अविश्वास, षडयन्त्रबाट अगाडि बढेको देश उभो लाग्दैन । मलाई यस्तो लाग्छ । मैले यो एकदम अप्रिय लागेर बोलेको छु । तपाईसँग सुन्ने, धैर्यता गर्ने क्षमता भएकाले मैले यो कुरा राखेँ । ’

उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री दाहालसँग धैर्यतापूर्वक सुन्नसक्ने क्षमता भएकाले आफूले उहाँमाथि गुनासो गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिरःरासस