२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाउपामा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेको विवाद उत्कर्षमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कि नदिने भन्ने विवाद नागरिक उन्मुक्ति पार्टीभित्र उत्कर्षमा पुगेको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीचको मतभेदले पार्टीभित्र कलह बढेर दुवै पक्षबाट फरक–फरक निर्णय आउन थालेका छन् । श्रेष्ठ र चौधरी श्रीमान्–श्रीमती हुन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी अध्यक्ष श्रेष्ठले उन्मुक्तिका सांसदलाई प्रधानमन्त्री दाहालले आज लिन लागेको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेकी छन् । तर पार्टीका संरक्षक चौधरीले हिजो टीकापुरमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरुको बैठक गरी दुई तिहाई बहुमत सदस्यद्वारा सरकारलाई समर्थन नदिने निर्णय गराएका छन् ।

संस्थापक ज्येष्ठ सदस्य दामोदर भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा तत्काल केन्द्र सरकारमा नजाने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नदिने भनिएको छ । नागरिक उन्मुक्तिका चार जना प्रतिनिधिसभा सदस्य छन् ।

नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि पनि निर्णायक छ । प्रदेशसभामा नागरिक उन्मुक्तिका सात सदस्य छन् । चौधरी कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन गर्दै कमलबहादुर शाहलाई नै मुख्यमन्त्रीमा निरन्तरताको पक्षमा छन् । तर अध्यक्ष श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नरहेको बताउँदै सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएकी छन् ।