१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘जवान’बाट शाहरुखलाई उत्कृष्ट अभिनेताको अवार्ड



अ+ अ-

एजेन्सी । गए राति मुम्बईमा एक अवार्ड शो आयोजना गरिएको थियो । यहाँ धेरै बलिउड स्टारहरु देखिएका थिए । शाहरुख खान कालो फर्मलमा पुगेका थिए । उनले २४ वर्षपछि फेरि जि सिने अवार्डमा प्रदर्शन गरे ।

शाहरुख खानले स्टेजमा ‘मोहब्बतें’ को याद दिलाए । कलाकारले ‘झुमे तो पठान’, ‘चल्या’ जस्ता गीतमा पनि प्रस्तुति दिएका थिए । कार्यक्रममा दिग्गज कलाकार जितेन्द्र र शक्ति कपूर पनि आएका थिए । शक्ति कपूरलाई उनको मनपर्ने डान्स स्टेप गरेको देखियो ।

सन्नी देओल आफ्ना दुई छोरा लिएर आएका थिए । बबी देओलले ‘दुनिया हसिनो का मेला’ गीतमा डान्स गरेका थिए । कियारा आडवाणी, अनन्या पाण्डे, विद्या बालन, रानी मुखर्जी, सई मांजरेकर, मौनी रोय लगायतका अन्य सेलेब्स पनि देखिएका थिए ।

रणदीप हुड्डा, शाहिद कपूर, अनिल कपूर, कृति सेनन, फेशन डिजाइनर मनिष मल्होत्रा ​​पनि देखिएका थिए । खुराना ब्रदर्स अर्थात आयुष्मान खुराना र अपारशक्ति खुरानाले जी सिने अवार्ड शो होस्ट गरेका थिए ।

जी सिने अवार्ड २०२४ का विजेताः
उत्कृष्ट चलचित्र – जवान
उत्कृष्ट अभिनेता – शाहरुख खान
उत्कृष्ट अभिनेत्री – कियारा आडवाणी