२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

जोन सिना ओस्कारको मञ्चमा नाङ्गै पुगेपछि…

जोन सिना ओस्कारको मञ्चमा नाङ्गै पुगेपछि…
अ अ+ अ-

एजेन्सी । हरेक पटक ओस्कार अवार्डमा केही न केही हुन्छ जसले हंगामा मच्चाउँछ । गत वर्ष विल स्मिथले क्रिस रकलाई थप्पड हानेका थिए भने यस पटक ठूला अभिनेता कपडा बिना स्टेजमा पुगेका छन् ।

विशेष कुरा के छ भने उनी जुन विधाका लागि मनोनयनमा आएका थिए त्यो उत्कृष्ट पोशाकको थियो । यी अभिनेता अरु कोहि होइनन् जोन सिना हुन । जोन सिना कपडा बिना स्टेजमा त पुगे तर उनलाई खाम खोल्न निकै संघर्ष गर्नुपरेको थियो ।

अवार्ड समारोहमा जोन सिना बिना कपडा स्टेजमा पुग्दा मानिसहरू अचम्मित बने । आफ्नो इज्जत जोगाउन, जोन सिनाले खाम प्रयोग गरे जसमा उत्कृष्ट पोशाक मनोनीतहरूको नाम लेखिएको थियो । जोन सिना लाजमर्दो हुँदै स्टेजमा आउँदै गरेको देखेर त्यहाँ उपस्थित सबै हाँस्न थाले ।

जोन सिनाले आफ्नो इज्जत ढाक्न प्रयोग गरेको खाम खोलेर पढ्न पनि सकेनन् । यस्तो अवस्थामा जोन सीनाले भने ‘कपडा धेरै महत्त्वपूर्ण छ । सायद सबैभन्दा महत्त्वपूर्ण ।’ जोन सीनाले यो भनेपछि मानिसहरू केही लुगा लिएर स्टेजमा आए र अभिनेतालाई छोपिदिए ।

जोन सीना कपडा बिना किन आइपुगे ?
जोन सीना यसरी लुगाबिना आइपुग्नु सबैका लागि स्तब्ध थियो । जोन सीना स्टेजमा आउनेबित्तिकै उनले शोका होस्ट जिमी किमेललाई भने – ‘पुरुषको शरीर कुनै मजाक होइन ।’ मिडिया रिपोर्टका अनुसार कपडा बिना स्टेजमा पुग्नुको पछाडि जोन सीनाको उद्देश्य भनेको कपडा कति महत्त्वपूर्ण छ भन्ने कुरा मानिसहरूलाई बताउन थियो ।