२९ कार्तिक २०८१, बिहीबार
,
Latest
रुपन्देहीमा रवि लामिछानेको बयान सकियो प्रकाश भुजेललाई ५ दिन हिरासतमा राख्न अनुमति यू-१९ महिला विश्वकपमा छनोट भएको टोलीलाई जनही २ लाख ५० हजार दिने क्यानको घोषणा सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छः शेखर कोईराला चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छः शिक्षामन्त्री भट्टराई पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित देशको मुल समस्या सरकारको अस्थिरता होइनः अध्यक्ष नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धस्तरमा काम गर्नुपर्ने प्रधानमन्त्री पदबाट हट्नुपर्ने डरमा हुनुहुन्छ: महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल पदबाट हट्नुनुपर्ने डरमा रहेको बताउनुभएको छ ।

आईतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीको कुर्सी बन्नु भन्दा पहिलादेखि नै हल्लिएको बताउनु भयो । उहाँले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गर्नुभयो । उहाँले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने बताउनु भयो । उहाँले नेपाली राजनीति फोहोरी खेलमा गएको दाबी गर्नुभयो । उहाँले राजनीति विकृत बनाएको कारणले गर्दा पदको लोलुप्ता देखिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले नेपालमा थुप्रै आलको अनुभवहरु बटुलेका छौँ । अब यो अनुभवबाट नेपालका मुख्य दलहरुलाई नेपाली काँग्रेस, नेकपा एमाले जस्तो ठूलो राजनीतिक दलहरुलाई एउटा राम्रो पाठ यसले सिकाएको छ । हाम्रो यो चुनाव भन्दाअघि उसले उसलाई, उसले उसलाई, कहिले एउटाले अर्कोलाई बोकेको छ, कहिले कसलार्ई बोकेको छ । त्यसलाई बाहिर निकाल्नुपर्छ । हाम्रो निर्वाचन प्रणालीलाई पनि ठिक बनाउनु पर्छ । किनकी यो ठिक नहुँदै गर्दा नेपालले प्राप्त गरेको अवसर गुमाउने भयो । १४/१५ वर्ष मात्रै हामीसँग बाँकी छ । त्यसपछि नेपाललाई बुढ्यौली लाग्छ । हामीले त वार फिटिङमा काम गर्नुपर्छ ।’

‘प्रत्येक दिन, प्रत्येक रात, नेपालको प्रधानमन्त्रीले, नेपालको वडाध्यक्षले, मेयरले, प्रत्येक सांसदहरुले वारको बेलामा जस्तो काम गर्नुपर्छ । भूकम्प आयो भने, ठूलो विपद् आयो भने हामी कसरी काम गर्दछौँ, उद्धार गर्छौं, लाग्छौँ भिड्छौँ । त्यस्तो वार फुटिङमा काम गर्नुपर्नेमा हाम्रो ध्यान सरकार टिकाउन, बदल्न, गएको छ । पूरै फोहोरी खेलमा गएको छ । अब अहिले बनेको प्रधानमन्त्रीको अहिलेदेखि बन्नु भन्दा पहिलादेखि कुर्सी हल्लिएको छ । कतिखेर म यहाँबाट धकेलिने र लड्ने भन्ने डरले । त्यस्तो डराएको प्रधानमन्त्रीले वार फुटिङमा कसरी काम गर्छ ? त्यो डर हाम्रो राजनीति विकृत बनाएको कारणले हो ।’

महामन्त्री थापाले नेपालको राजनीति सफा नभए र राजनीतिलाई अहिलेको भन्दा शुद्ध नबनाएसम्म नेपालको समय खेर जाने बताउनु भयो ।