८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम २ मा चुनाव लड्न सुहाङ नेम्वाङले दिए पार्टी कमिटीमा निवेदन



अ+ अ-

विराटनगर । इलाम क्षेत्र २ मा हुनलागेको उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनाउन आग्रहसहित सुहाङ नेम्वाङले पार्टी कमिटीमा निवेदन दिएका छन् ।

एमाले नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङले पार्टीको इलाम जिल्ला कमिटीमा नेम्वाङले निवेदन दिएका हुन् ।

यसअघि चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीले उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ ।

उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने पार्टीले समय दिएको थियो ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको इलाम २ मा वैशाख १५ मा उपचुनाव हुँदैछ ।