२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो दिन नै ‘रङ्गेली’को उत्साहजनक व्यापार, देशभर ७० प्रतिशत बढी अकुपेन्सी



अ+ अ-

काठमाडौं । रिलिजको पहिलो दिन नेपाली चलचित्र ‘रङ्गेली’ले उत्साहजनक सुरुवात गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका अधिकांश हलहरूमा दर्शकको उल्लेखनीय उपस्थिति रह्यो । नेपालको सबैभन्दा ठुलो सिनेमा हल क्यूएफएक्स सिनेमामा अपेक्षित शो सङ्ख्या नआएता पनि प्राप्त प्रायः शो हाउसफुल रहेका छन् ।

चलचित्रका वितरक गोविन्द शाहीले दिएको जानकारीअनुसार देशभर औसतमा मूल्याङ्कन गर्दा शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी रहेको छ । देशभरका कतिपय हलहरूमा हाउसफुल दर्शक देखिए भने कतिपयमा बढी जसो सिट भरिएका छन् । अधिकांश हलहरूमा शो टाइम सुरु हुने समयमा बिक्री भइरहेको कारण दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए ।

आफ्नै वरपरको जस्तो महसुस हुने समय अनुसारको कथा र कथा भन्ने शैली मन परेको प्रतिक्रिया दर्शकले दिएका छन् । यस प्रकारका चलचित्रहरू नेपालमा बन्न जरुरी रहेको र त्यो ‘रङ्गेली’मा पाएको दर्शकले बताएका छन् । चलचित्र नयाँ निर्देशकले बनाएको जस्तो नलाग्ने तथा कतिपय पहिलो पटक अभिनय गरेका कलाकारहरूलाई पनि अनुभवी अभिनयमा देखेको दर्शकको प्रतिक्रिया छ ।

दर्शकले चलचित्रको मेकिङ र क्लाईमेक्समा बढी मनोरञ्जन लिएको देखिएको छ । हलहरूमा दर्शकसँग साक्षात्कार गर्न पुगेका लेखक तथा निर्देशक अर्जुन सुवेदीले एकदमै धेरै उत्साहित भएको बताए । काठमाडौंको चाबहिलस्थित एफक्यूब सिनेमाजमा हाउसफुल दर्शकमाझ भेटिएका सुवेदीले आफू हिजोसम्म निकै ‘नर्भस्’ रहेको तर आज भने उत्साह थपिएको प्रतिक्रिया दिए । उनले भने, ‘दर्शकलाई मन परिरहेको छ भन्ने हल आएपछि थाहा पाएँ । ‘ सेकेन्ड हाफुको ‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले कसरी लिनुहुन्छ भन्ने शङ्कामा थिएँ तर त्यसैमा दर्शकले मनोरञ्जन लिएको पाएको छु । ब्याकराउन्ड स्कोरलाई लिएर पनि तारिफ भइरहेको रहेछ । कलाकारहरूलाई जसरी भिन्न तवरले पर्दामा ल्याउने कोसिस गरेँ त्यसमा म सफल भएको रहेछु । एकदमै खुसी छु ।’

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह(निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।