२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अञ्जिला’को फस्टलुक पोस्टर सार्वजनिक



अ+ अ-

काठमाडौँ । फिल्म ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

महाशिवरात्रि र नारी दिवसको अवसर पारेर राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला ‘तुम्बापो’ सुब्बाको जीवनमा आधारित मिलन चाम्सको निर्देशन रहेको ‘अञ्जिला’को पोस्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई प्रस्तुत गरिएको छ । पोस्टरबाट एञ्जिलाको ग्रामीण जीवनको सङ्घर्षदेखि खेल जीवनसम्मको कथा फिल्ममा रहेको अनुमान गर्न सकिन्छ ।

एञ्जिलाले फुटबल सुरूवात गरेको इलामको आइतबारे सहित झापा र काठमाडौँमा यस फिल्मको छायाङ्कन भएको छ । फिल्ममा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ ।

उनीसँगै फिल्ममा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहनेछ ।

निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ । श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन् । फिल्मलाई छिट्टै नै उपयुक्त रिलिज मिति तय गर्ने निर्देशक चाम्सले जानकारी दिए ।