२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट अवैध रुपमा बिस्कुट भित्रियो



अ+ अ-

विराटनगर । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य भएका छन् । कोरोनाको कारण सीमानाका पूर्णरूपमा बन्द हुँदा बिस्कुट उद्योगहरूले क्षमताको शतप्रतिशत उत्पादन गरेका थिए । तर, नाका खुल्नासाथ अवैध रूपमा बिस्कुट भित्रिन थालेपछि उत्पादन ५० प्रतिशत घटाउन बाध्य भएको उद्योगीहरूले बताएका छन् ।

पाँच वर्ष अघिसम्म नेपालभरि ३५ ओटा बिस्कुट उद्योगहरू सञ्चालनमा थिए । तर, भारतबाटै चिनी र मैदा ल्याएर नेपालमा बिस्कुट उत्पादन गरी भारतीय उत्पादनसँग नै बजारमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताका कारण २१ उद्योग बन्द भएका छन् ।सरकारले बिस्कुट उद्योगमा प्रयोग हुने मैदा र चिनीलाई कच्चा पदार्थ मानेर भन्सार छूट नदिँदा सञ्चालनमा रहेका १४ उद्योगको अवस्था पनि कमजोर रहेको नेपाल बिस्कुट उत्पादक संघका उपाध्यक्ष तथा गुडलाइफ बिस्कुटका सञ्चालक महेश जाजूले बताए ।

जाजूका अनुसार बन्दाबन्दीको समयमा नेपाली उत्पादनले स्वदेशी बजारमा नै राम्रो खपत पाएको थियो । त्यो बेलामा माग बढी भएको कारण उद्योगहरूले नयाँ प्लान्ट थप्नुपर्ने अवस्था आए पनि अहिले भारतीय बिस्कुट भन्सार छलेर आइरहेकाले नेपाली बिस्कुटको खपत ५० प्रतिशत घटेको छ । जसको कारण उद्योगको उत्पादन पनि ५० प्रतिशतमा खुम्चिएको छ ।आर्थिक अभियान दैनिकमा वेदराज पौडेलले लेखेका छन् ।