४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सकियो

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सकियो
अ+ अ-

अन्नपूर्ण (कास्की) । पोखरामा यही फागुन १९ गतेदेखि सुरु भएको ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सकिएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी भएको थियो । सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा सुरु भएको यो प्रदर्शनी पाँच दिनसम्म सञ्चालन भएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका कला, भाषा, साहित्य, संस्कार र संस्कृतिको पक्षमा सकारात्मक रहेको बताउनुभयो । “मैले पदभार ग्रहण गरेको २० महिना भयो । अहिलेसम्म एकजना पनि प्रस्ताव लिएर आउनुभएको छैन्”, उहाँले भन्नुभयो, “प्रस्ताव लिएर आउनुस् मिलेर काम गरौँ ।” महानगरको स्थापना दिवसका अवसरमा पृथ्वीचोकमा कोसेलीघरको शिलान्यास गरिने र यसमा पुस्तकालय र आर्ट ग्यालरी राखिनेसमेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छालीले ‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ भन्ने नाराका साथ कार्यक्रम गरिएको बताउनुभयो । प्रतिष्ठानको काम व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको कुलपति हर्तम्छालीले बताउनुभयो ।

सोही कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले प्रदर्शनीले कलाको गुणस्तर वृद्धि भएको बताउनुभयो । यसले जीवनसँग जोडिएका कलालाई समयको दस्तावेजका रूपमा राख्न सक्नुपर्नेमा उहाँको जोड थियो । पोखरा महानगरपालिकाले मायाको चिनो र कोसेलीका रूपमा कलाकारको तस्वीर तथा कलाकृति दिन साहित्यकार श्रेष्ठले सुझाव दिनुभयो ।

प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रादेशिक प्रदर्शनीमा सामेल भएकामध्ये ३५ कलाकृति काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीका लागि छनोट भएका छन् ।

राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई रु एक लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई रु ६० हजार नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिस्पर्धा हुनेछ । रासस