११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच भेट



अ+ अ-

काठमाडौं । नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गर्नुभएको छ ।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटघाट गर्नुभएको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीचका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताउनुभयो । दुई देशबीच बेलाबेलामा हुने उच्च स्तरीय भेटघाटले नै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लगेको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । 

यस्तै कोरोना भाइरस विरुद्धको खोपलाई जापान सरकारले अनुमति दिएसँगै जापानमा छिट्टै नै यस रोगविरुद्धको लडाइँमा महत्वपूर्ण जित हासिल गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले राजदूत साईगोलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा बधाई तथा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।