२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २५.२३ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २५.२३ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा
अ अ+ अ-

काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २५.२३ अंकले बढेर २ हजार ६३६.६८ विन्दुमा पुगेको छ । यो दिन २०६ वटा कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता शेयरको ९० हजार २०२ पटकमा रू. ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ बराबरको शेयर खरीदविक्री भएको हो । 

बिहीबारको कारोबारमा सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त  कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २७५ पुगेको हो । दोस्रोमा कर्णाली डेभलपमेण्ट बैंकको शेयर मूल्य ९.९४ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी बिहीबार सर्वाधिक कारोबार एनआईसी एशिया बैंकको भएको छ । कम्पनीको रू. ५६ करोड १ लाख ८३ हजार बरावरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा नेपाल  इन्फ्रास्टक्चर बैंकको रू. ५० करोड ८२ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

बिहीबारको कारोबारमा आएका १२ वटा समूहमध्ये लघुवित्त समूहको परिसूचक ०.६२ प्रतिशत, निर्जीवन बीमा कम्पनीको परिसूचक ०.३८ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ०.५९ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । 

पछिल्लो समयमा बैंकिङ समूहले नेप्सेलाई अग्रता दिइरहेको छ । बैंकहरुको शेयर मूल्य अरुको तुलनामा केहि सस्तो भएको तथा लाभांश क्षमता राम्रो भएकाले पनि बैंकिङ्ग क्षेत्रतिर लगानीकर्ताको आकर्षण बढेको हो ।

सबैभन्दा बढी विकास बैंक समूहको परिसुचक २.३३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी बिहीबार सबैभन्दा बढी मिर्मिरे माइक्रो फाइनान्स कम्पनीको शेयर मूल्य घटेको छ ।

कम्पनीको शेयर मूल्य ४.९१ प्रतिशतले घटेर प्रतिकित्ता रू. १ हजार ६४५ मा झरेको हो । दोस्रोमा हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ३.७० प्रतिशतले घटेर प्रतिशेयर रू. ३१२ पुगेको छ ।