१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

औपचारिक प्रश्ताव आए सरकारमा संलग्न हुन्छौँ: झलनाथ खनाल

औपचारिक प्रश्ताव आए सरकारमा संलग्न हुन्छौँ: झलनाथ खनाल
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताउनुभएको छ ।

सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रश्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताउनुभएको हो । मंगलवार अपरान्ह डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्त समेत राख्नुभयो ।

बुधवार (भोलि) बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौं भन्ने खाका प्रश्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिनुभयो । सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उहाँको अडान थियो । सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले सहमतीका साथ जानका लागि गरिएको प्रश्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब अहिले जुनजुन पार्टीहरुको बीचमा एउटा समझदारी बनेर यो परिवर्तनको क्रम शुरु भएको छ । त्यसमा औपचारिक रुपले हाम्रो पार्टी छैन । र व्यक्तिव्यक्तिले के के भुमिका खेले होलान । त्यो भिन्दै कुरा भयो । तर औपचारिक रुपमा पार्टीलाई यस प्रोसेसमा संलग्न नगराईएको परिस्थिति निर्माण भएको हुनाले अव हामीले सामान्यतया यो घटनाक्रमलाई हामी बिरोध गर्दैनौं । र हामी यो घटनाक्रमलाई गहिरोसँग वाच गरिरहेका छौं । विश्लेषण पनि गर्दैछौं । यदि यो प्रोसेसमा हाम्रो पार्टीलाई संलग्न गर्नुपर्छ भन्ने आवश्यकता यो परिवर्तन गर्ने पार्टीहरुको बीचमा त्यो समझदारी बन्यो । हामीसँग पनि वार्ता भयो । र एउटा सम्मानजनक ढंगले सहमती गरेर जाउ भन्ने खालको कुरा आयो भने हामी त्यसलाई अस्वीकार गर्दैनौं । यसलाई सकारात्मक ढंगले नै लिन्छौं । तर हामीलाई संलग्न गरिदिनोस भनेर त्यो याचना गर्न चाहीँ जाँदैनौं । हाम्रो पार्टी एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न पार्टी हो । र हामी यो देशलाई समाजवादतर्फ लैजानुपर्छ भन्ने कुरामा अत्यन्त दृढ छौं । र, अहिले यो जे तन्त्र आएको छ । यो पुँजीवादी लोकतन्त्र हो ।

यो लोकतन्त्रले जनताका समग्र समस्या समाधान गर्र्नै सक्दैन । जबसम्म हामी समाजवादमा पुग्न सक्दैनौं, तबसम्म न आजका यी शोषण अन्त्य हुन्छन, न विभेद अन्त्य हुन्छ । न भ्रष्टाचार अन्त्य हुन्छ । न बेरोजगारी अन्त्य हुन्छ । न अर्थतन्त्रमा गति आउँछ ? अथवा न उत्पादक शक्तिहरुले विकास गर्न पाउँछन् । न राष्ट्रियता नै सुदृढ हुन्छ । त्यसो हुनाले समाजवादको बाटोतर्फ जानुपर्छ भन्ने कुरामा हाम्रो पार्टी दृढ छ । र त्यो ढंगले हामी अगाडि बढ्छौं । तर हामी साझा सवालमा वामपन्थी एकता गरेर जानुपर्छ भन्ने कुरामा उत्तिकै दृढ छौं । र साझा सवाल हामीमाझ प्रचुर विद्यमान छन् । यी कुराहरुमा एकताका लागि हाम्रो प्रयत्न फेरि पनि जारी रहन्छ । हामी उहाँहरुले औपचारिक रुपले हाम्रो पार्टीलाई पनि सरकारमा संलग्न गर्नेकुरा गर्नुभयो । सम्मानजनक ढंगले हाम्रो पार्टीसँग वार्ता भयो । र हामी नीतिगत कुरामा, कार्यक्रमिक कुराहरुमा, योजनाका कुराहरुमा र भिजनका कुराहरुमा यसरी जान्छौं भन्ने कुरा हामी बीचमा भयो भने हामी सरकारमा संलग्न भएर पनि जान्छौं ।’

सम्मानित नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भईरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताउनु भयो । उहाँले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई संकटबाट जोगाउने आशा आफूहरुमा पलाएको समेत बताउनु भयो ।