१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ

साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ
अ अ+ अ-

धनकुटा । अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ ।

भारतीयमूलका अमेरिकी नागरिक राजीव गोयलको पहलमा सिएनएनले विसं २०६८ मा आफूले घोषणा गरेको विश्वका १२औँ गन्तव्यमध्ये नाम्जे गाउँलाई आठौँ गन्तव्य सूचीमा राखेको थियो ।

जिल्लाको सागुरीगढी गाउँपालिका–६ स्थित सो गाउँलाई सिएनएन टोलीले स्थलगत भ्रमण गरेपछि विभिन्न नौ सूचकका आधारमा नाम्जेलाई आफ्नो गन्तव्य सूचिमा राखेको थियो । सो समयमा सिएनएनले नाम्जे क्षेत्रका आत्मघर, नाम्जे विद्यालय, पम्पिङ खानेपानी, विभिन्न एफएम टावरहरू, मगर जातिको हुर्रा नाच, हात्तीसुँडे झरना, लोप्सेडाँडा, सूर्योदय बुद्धबिहार र आग्र्यानिक गाउँलाई आधार मानेर नाम्जेलाई आठौँ गन्तव्य घोषणा गरेको थियो ।

तर समय क्रमसँगै भएका विकास र परिवर्तनका कारण आठ सूचकहरू यथावत रहेपनि आग्र्यानिक नाम्जे गाउँ भने क्रमश: सहरमा परिणत भएपछि नाम्जेलाई आफ्नो सूचक जोगाउने स¬ङ्कट आइपरेको छ ।

विश्वको गन्तव्य सूचीमा परेको चर्चाका कारण यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा एकाएक वद्धि भएर व्यापारिक चहलपहल बढेपछि नाम्जेगाउँ सहरोन्मुख भएको स्थानीय गोविन्दबहादुर मगरले जानकारी दिनुभयो । “सुरुमा दुई–चारजनाले होटल खोेल्दा खुब चले”, उहाँले भन्नुभयो, “त्यसपछि प्रतिस्पर्धा सुरु भएर नाम्जेगाउँको सडक क्षेत्रमा पक्की होटलको सङ्ख्या बढेर गयो ।”

उक्त समयमा कङ्क्रिटका होटल बनाउने कुरामा बृहत् बहस भए पनि निजी स्वामित्वमाथि कसैले हस्तक्षेप गर्न नमिलेको कारण नाम्जेको सडक क्षेत्र सहरमा परिणत भएको मगरले जानकारी दिनुभयो । पर्यटकको बाक्लो आवागमन र व्यापारिक चहलपहलका कारण बैंकले पनि नाम्जेमा तीव्र लगानी गरेका कारण नाम्जेमा क्रमश होटलका लागि ढलान घर बन्न सुरु भएको ५१ वर्षीय मगरले जानकारी दिनुभयो ।

अहिले नाम्जेको सडक क्षेत्रमा पर्यटकलाई लक्षित गरेर बनाइएका २५ भन्दा बढी सुविधासम्पन्न होटलमध्ये २० भन्दा बढी स्थानीयवासीको रहेको उहाँले जानकारी दिनुभयो । सागुरीगढी–६ वडाका वडाध्यक्ष दीपक मगरले निजी स्वामित्वमा जमिनमा अरुले हस्तक्षेप गर्न नमिल्ने भएका कारण नाजे गाउँ सहरमा परिणत हुनु स्वाभाविक रहेको जिकिर गर्नुभयो ।

उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “पैसा कमाएर आफ्नो जग्गामा बिल्डिङ बनाउँछुभन्दा अब छाप्रोमै बस भन्न मिल्छ त रु” नाम्जेको विकासमा एकरुपता नभए पनि नाम्जेलाई गाउँ र सहरी क्षेत्रमा विकास गर्न आपसी समझदारीमा स्थानीयवासी अघि बढिरहेको ग्रामीण जनता मावि नाम्जेका प्रधानाध्यापक तथा स्थानीय टङ्क भुजेलको भनाइ छ ।

बाँकी भएको गाउँलाई आग्र्यानिक गाउँका रुपमा बचाउन अहिले ग्रामीण क्षेत्रका स्थानीय घरबास सेवा ९होमस्टे० तथा आग्र्यानिक खेतीमा लागिरहेको उहाँले जानकारी दिनुभयो । समयको माग र स्थानीयमा सहमति जुट्न नसके पनि यहाँका गाउँवासी होमस्टेमार्फत आग्र्यानिक गाउँ बचाउन लागिपरेको नाम्जे थुम्की सामुदायिक होमस्टेका सचिव तुफान मगरले जानकारी दिनुभयो ।

नाम्जेमा अहिले दैनिक एक सय ५० जनालाई सेवा दिने क्षमताको ३५ मगर जातिको घरबास ९होमस्टे० सेवा सञ्चालनमा रहेको छ । यसमा अहिले नाम्जेमा दर्ता भएका १९ सहित २५ वटा होमस्टेले यहाँ उत्पादित आग्र्यानिक सब्जी, खानपान, पेय पदार्थ र हुर्रानाचलगायत सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो ।

चिसो मौसममा पर्यटक आउन केही कमी आएर होमस्टेमा दैनिक १५–२० जना आए पनि शुक्रबार र शनिबार भरिभराउ हुने होमस्टेका अध्यक्ष अनिल मगरले जानकारी दिनुभयो । यहाँ निर्मित आधुनिक होटलभन्दा होमस्टेमा बसेर जान मन पराउने भएकाले होमस्टेमा गर्मीमा दैनिक दुई हजारभन्दा माथि र जाडोमा पाँच सयसम्म पर्यटक आउने गरेको उहाँले जानकारी दिनुभयो ।

नाम्जेलाई पुरानै आग्र्यानिक गाउँका रूपमा समृद्ध बनाएर लाने सम्भावना टरेर गए पनि बाँकी रहेको ग्रामीण क्षेत्रलाई आग्र्यानिक गाउँका रूपमा विकास गर्न पालिका लागिरहेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो । पालिकाले यहाँको घरबास सेवा प्रवर्द्धन, आग्र्यानिक खेती विस्तार तथा मगर जातिको कला, संस्कृति जगेर्नाको क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो ।

पूर्वकै प्रमुख पर्यटकीय नगरी भेडेटारबाट एक किमीपूर्व निर्माणाधीन भेडेटार–रवी–राँके राजमार्गमा रहेको मगर जातिको बाहुल्यता रहेको यो गाउँ आज पनि उनीहरुको घरबास सेवा र हुर्रानाचले प्रख्यात छ । बाह्रै महिना चिसो मौसमसँगै एकैसाथ हिमाल पहाड र तराई हेर्न सकिने चुरे पहाडमा अवस्थित नाम्जे गाउँको ग्रामीण जीवन शैली, मगर जातिको संस्कृति र उनीहरूको मीठो आतिथ्यता यहाँको अर्को मुख्य आकर्षण हो । रासस