२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ताबाट बाहिरिनुको कारणबारे छलफल हुने



अ+ अ-

काठमाडौं । सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आज अपराह्न ३ बजेका लागि देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् ।

नेपाली कांग्रेस संघमा विपक्षी खेमामा पुगेको छ । एक वर्षअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग सहकार्य गरेर सत्तामा पुगेको कांग्रेस एकाएक विपक्षीमा पुगेपछि नयाँ रणनीति बनाउन आज बैठक बोलाइएको हो ।

बैठकमा सत्ताबाट बाहिरिनु पर्नाको कारणबारेसमेत छलफल हुने छ । यसैगरी अब संसद्मा प्रतिपक्षीको भूमिका कसरी निर्वाह गर्ने भन्ने छलफल हुने नेताहरुले बताएका छन् ।