४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन भत्काएपछि माधव नेपाललाई के भने प्रधानमन्त्री दाहालले ?



अ+ अ-
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यलाभको कामना गर्न हिजो साँझ उहाँको निवास कोटेश्वर पुग्नुभएको छ ।
केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहनुभएका अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालले कोटेश्वर निवास पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुग्नुभएको थियो । रासस