५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

राजवंशी(विराट)लाई १२८औँ जातजातिमा सूचीकृत गरिने: मन्त्री ढकाल

राजवंशी(विराट)लाई १२८औँ जातजातिमा सूचीकृत गरिने: मन्त्री ढकाल
अ+ अ-

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट) लाई १२८औँ जातजातिमा सूचीकृत गर्ने बताउनुभएको छ । राजवंशी समाज उत्थान समिति (विराट)केन्दीय कार्यालयद्वारा यहाँ आयोजित १४ औं वृहत् भेलामा उहाँले अहिलेसम्म १२५ जातजाति सूचीकृत भएको र अन्य दुईसहित यो समुदायलाई पनि सूचीकृत गर्न चाँडै सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने विश्वास दिलाउनुभयो ।

मन्त्री ढकालले राजवंशी समुदाय यस क्षेत्रको आदिवासी तथा भूमिपुत्र हुनका साथै रैथाने समुदाय भएकाले उनीहरुलाई राज्यबाट सम्मान गर्ने कार्यका कहिले विभेद नहुने बताउनुभयो । उहाँले विगत १४ वर्षदेखि सूचीकृत हुन आन्दोलित यस समुदायलाई त्यसअघि सरकारले नगरेकामा दुःख व्यक्त गर्दै वर्तमान सरकारले आन्दोलन नगरी अधिकार प्रदान गर्ने विश्वास दिलाउनु भयो । मन्त्री ढकालले  राजवंशीलाई आदिवादी जनजातिमा सूचीकृत गरी प्रदान गर्नुपर्ने सुविधा प्रवाह गरेको बताउँदै यस सम्बन्धमा अन्य कुनै अर्को समुदायले सुविधा उपयोग गरेका सम्बन्धमा चनाखो हुन आग्रह गर्नुभयो ।

उहाँले वर्तमान अवस्थामा हिमालले मात्र पर्यटन प्रवद्र्धन नहुनाले राष्ट्रमा रहेका मौलिक संस्कार, भाषा, संस्कृति, खाद्य परिकार, पहिरन र धर्मलाई जोडेर जानुपर्ने आवश्यकता औँल्याउनु भयो । समिति (विराट) का केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डलले राजवंंशीको अलग्गै, भाषा, पहिचान एवं संस्कृति भएपनि विगत १३ वर्षदेखि राज्यले सूचीकृतका लागि सम्बोधन नगरेकामा गुनासो व्यक्त गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य सत्यनारायण चौधरी, थारु कल्याणकारी सभाका मोरङ अध्यक्ष प्रदीप भगत, राजवंशी संस्कृतिका अध्यक्ष कुशेश्वर राजवंशी, गुप्त नारायण मण्डल, राप्रपा मोरङ अध्यक्ष माधव आचार्य, राजकुमार राजवंशी, कला राजवंशी र प्रदीपकुमार विश्वासले समुदायका सम्पूर्ण सदस्यहरुले आगामी विसं २०७८ हुने राष्ट्रिय जनगणनामा राजवंशी (विराट) उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो । मोरङ, झापा र सुनसरीमा अधिकांश राजवंशी (विराट)हरुको वासोबास रहेको र उनीहरुको जनसङ्ख्या एक लाखभन्दा वढी रहेको समुदायका सदस्य सूर्यनारायण राजवंशीले जानकारी दिनुभयो । राजवंशी समुदायमा पुरुषले धोती, गम्छा र पाइजामा लगाउने गर्दछन् भने महिलाको सारी र चोलो पहिरन रहेको छ ।