५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

महारानीसंग अनैतिक सम्बन्ध राखेको आरोपमा काटिएका सेनापति !

महारानीसंग अनैतिक सम्बन्ध राखेको आरोपमा काटिएका सेनापति !
अ+ अ-

नायब महारानी राजेन्द्रलक्ष्मी देवी शाहसंग सल्केको अर्थात् अनैतिक सम्बन्ध राखेको बात लगाएर हनुमानढोका राजदरवारको छिंडि कोठामा काटिएका नेपाली सेनाका सेनापति तथा तत्कालीन नेपालका मूलकाजी सर्बजित राना मगर ।

नाम   :  सर्वजित राना मगर
पद    :  मुल काजी ÷ सेनापति
योगदान :सैनिक सेवा÷युद्ध सेवा
प्राणदण्ड दिइएको मिति: बि.सं. १८३५ भदौ ४ गते आइतवार
अभियोग : नायब महारानी राजेन्द्रलक्ष्मीसंंग अनैतिक सम्बन्ध राखेको

नेपाल पुनःएकीकरणका प्रणेता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको बि.सं.१८३१ माघ १ गते नुवाकोटको देवीघाटमा देहावसान भएपछि उनका उत्तराधिकारी जेठा छोरा प्रतापसिंह शाह नेपालको राजा भए । राजा प्रतापसिंह शाहको पनि बि.सं. १८३४ मा मृत्यु भएपछि उनका करिब साढे दुइ वर्षका नावालक छोरा राजा रणबहादुर शाह राजगद्धीमा बसे । नाबालक राजा रणबहादुर शाहको नायबी उनकी माता महारानी राजेन्द्रलक्ष्मीदेवी शाहले सम्हालिन् । 
महारानी राजेन्द्रलक्ष्मी देवी शाहद्धारा गठीत नयां“ भारदारी सभामा काजी सर्वजित राना मगरलाइ मूल काजी बनाइएको थियो । मूलकाजी पदसंगै सर्बजीत राना मगरलाई तत्कालीन नेपाली सेनाको नेतृत्व अर्थात सेनापति पद समेत प्रदान गरिएको थियो । 
सर्बजित राना मगर नाबालक राजा रणबहादुर शाहका ददा बन्दु राना मगरका भाइ थिए । यिनी सैनिक सेवामा कार्यरत रहेर पुनःएकीकरणका धेरै युद्धमा भाग लिएका गोरखाका पुराना सैनिक थिए ।
महारानी राजेन्द्रलक्ष्मीले सर्बजित राना मगरलाई एक्कासि मूल काजी बनाएपछि राजकुमार बहादुर शाह, दलजित शाह, दलमर्दन शाह, काजी श्रीहर्ष पन्त लगायत गोरखाका पुराना र प्रभावशाली भारदार, पुनःएकीकरण अभियानमा दिलो ज्यानले आफुलाई समर्पण गर्ने ईमान्दार सेनानायकसमेत राजेन्द्रलक्ष्मीसंंग असन्तुष्ट बनेका थिए । 
पुनः एकीकरणका ठुल्ठुला बिजय युद्धमा नेतृत्व गरेका काजी बंंशराज पांँडे पनि मुलकाजीका दावेदार थिए । तर नायब महारानीले उनलाइ राजकुमार बहादुर शाह पक्षका व्यक्ति किटान गरेर मुलकाजी पदबाट बन्चित गरिदिएकि थिइन । यता राजेन्द्रलक्ष्मीले यिनै मुलकाजीको सहयोगमा राजकुमार बहादुर शाहलाई नजरबन्दमा राखेकी थिईन । केही समयमै राजकुमार बहादुर शाह गोरखाका पुराना सैनिक तथा भारदारको सहयोगमा नजरबन्द मुक्त भए र महारानी राजेन्द्रलक्ष्मीलाई नै नजरबन्दमा राखिदिए ।

त्यसबेला महारानी र मुलकाजी सर्बजित रानाबीच अनैतिक सम्बन्ध छ भन्ने गाइंगुइ हल्ला चल्न थालेको थियो । सोही समय महारानी राजेन्द्रलक्ष्मी र बहादुर शाहबीचको शक्ति संघर्षका कारण त्यो हल्लालाइ मलजल भयो र महारानीसंंग अनैतिक सम्बन्ध रहेको अभियोग लगाई मुल काजी तथा सेनापति सर्बजित राना मगरलाई हनुमानढोका दरबार भित्रैको एउटा अंध्यारो छिंडि कोठामा बि.सं.१८३५ भदौ ४ गते निर्दयतापूर्वक काटीयो । कतिपय लेखकले सर्बजित राना मगर काटिएको दिन भदौ २० गते उल्लेख गरेका छन् । मूलकाजी पदमा नियुक्त भएको करिब तीन महिनामा यीनी काटिएका थिए ।
मुल काजी सर्बजित राना मगरलाइ काटेर प्राणदण्ड दिने राजदरबारका मुख्य हर्ता कर्ता त्यसबेला काजी श्रीहर्ष पन्त र पृथ्वीनारायण शाहका भाइ चौतारा दलजित शाह थिए । कतिपय लेखकले राजकुमार बहादुर शाहको निर्देशनमा सर्बजित राना मगर काटिएको उल्लेख गरेका छन् । त्यसबेला बहादुर शाह गोरखामा रहेको केहि लेखकको मत छ । मुल काजी सर्बजित राना मगरलाइ काटेर प्राणदण्ड दिएपछि महारानी राजेन्द्रलक्ष्मी देवी शाहलाइ चांंदिको हत्कडी लगाएर कडा पहराका साथ कैद राखिएको थियो । 
त्यसबेला नेपाल दरबारका भारदारबीच गुट थियो । महारानी र काजी सर्वजित राना मगरको बिरुद्धमा राजकुमार बहादुर शाह, काजी श्रीहर्ष पन्त र पूर्वचौतारा तथा स्व.राजा पृथ्वीनारायण शाहका भाई दलजित शाह लगायतका व्यक्ति थिए ।

महारानी र सर्वजित राना मगर बिरोधी समुहले महारानी र काजीबीच अनैतिक सम्बन्ध छ भनी उजुरी गर्न दरबारका केटा कमारा चार जनालाई पोलाहाका रुपमा उभ्याएका थिए । तिनै केटा कमाराहरुको पोलका आधारमा भुतपूर्व चौतारा दलजित शाहद्धारा सर्बजित राना मगर काटीएको इतिहास शिरोमणी बाबुराम आचार्यले उल्लेख गरेका छन् । 
गोर्खाले काठमाडौं उपत्यका बिजय गरी बिशाल नेपाल निर्माणको अभियान जारी रहेकै समयमा पृथ्वीनारायण शाहको निधन भयो । उनीपछि जेठा छोरा प्रतापसिंह शाह राजा भएका थिए । तर उनको पनि बि.सं. १८३४ मा अल्प आयुमै निधन भयो । प्रतापसिंह शाहका अढाइ वर्षका नाबालक छोरा रणबहादुर शाह राजा बनाइए । यस अवस्थामा शक्ति कसरी आफुमा पार्न सकिन्छ भनी महारानी र राजकुमार बहादुर शाह नजिकका भारदारबीचमा अस्वस्थ प्रतिष्पर्धा हुन थाल्यो । स्व. प्रतापसिंह शाहकी महारानी राजेन्द्रलक्ष्मी महत्वाकांक्षी स्वभावकी थिइन् । उनले ससुरा पृथ्वीनारायण शाहसंग मिलेर युद्धमा खारिएका वीर सैनिकलाई र आफ्ना देवर राजकुमार बहादुर शाहलाई पन्छाएर भारदारहरुको आफ्नो छुट्टै गुट तयार पार्न थालिन् । कैंयौं युद्धमा बहादुरी प्रदर्शन गर्ने सैनिकहरु महारानीसंग सन्तुष्ट थिएनन् ।

फलतः गुटकै कोपभाजनमा परी गोर्खाका पुराना भारदार सर्वजित राना मगर अनैतिक सम्बन्धको आरोपमा काटीएका थिए । मुल काजी सर्बजित राना मगर नेपाल पुनःएकीकरण अभियानका सिलसिलामा काठमाण्डौं उपत्यका बिजयपछि नेपाल दरबारमा त्यस समयको उच्च पद मुलकाजी पाउने प्रथम जनजाति परिवारका सैनिक थिए । त्यसबेला प्रधानमन्त्री र प्रधानसेनापति पद प्रचलनमा थिएन । 
पृथ्वीनारायण शाहले सैनिक र भारदारको योग्यता, क्षमता र योगदानको उचित कदर गरेर सन्तुलन कायम राखेका थिए । हरेकको बल, बुद्धि, योग्यता र क्षमतालाइ राष्ट्रहितमा उपयोग गरेका थिए । उनको मृत्युपछि नेपाल दरबारभित्र गुट र आपसि मनोमालिन्य बढ्यो । नेपाल पुनःएकीकरणका युद्धमा अथाह पराक्रम प्रदर्शन गरेका होनहार सैनिकलाइ सामान्य विवादमा काटियो, मारियो, चारपाटा मुडेर देश निकाला गर्न थालियो । गोरखाले उपत्यका बिजय गरेपछि नेपाल दरबारमा उच्च सैनिक एवम् भारदार काटिने क्रमको सुरुवात सर्बजित राना मगरबाट भएको थियो । उनीपछि नेपालको दरबारमा सैनिक र भारदारलाई साधारण र सामान्य विवादमा मृत्युदण्डस्वरुप काट्ने, मार्ने र देशनिकाला गर्ने क्रम  दिनानुदिन बढ्दै गयो । सत्ताका लागि बिरोधिको हत्या गर्ने सिलसिला फरक विधि र प्रक्रियाका रुपमा नेपालमा अद्यापी जारी छ । 

साभार  ः लेखकको पुस्तक – ती सैनिक, मृत्युदण्ड दिइएका, हत्या गरिएका र आत्महत्या गर्न बाध्य पारिएका नेपालका सैनिक, २०७०, पृष्ठ ६० बाट ।