११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख हटाएकोमा कांग्रेसको आपत्ति



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्त र नियुक्तिमा आपत्ति जनाएको छ  । मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ का प्रदेश प्रमुख बर्खास्त र नियुक्ति गरेकी थिईन । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारि गर्दै भने ‘सरकारको सिफारिसमा प्रदेश नम्बर २ का प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गर्दछ ।’ 

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त गरेका प्रदेश प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष हटाएका थिए।

‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो। आज फेरि त्यही प्रवृत्ति दोहोर्‍याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ,’ उनले विज्ञप्तिमा भनेका छन्।

काम चलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्तिजस्ता काम गर्न नमिल्ने शर्माको भनाइ छ।

‘यसप्रति कडा विरोध जनाउँदै कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ,’ उनले भनेका छन्।