२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियन ओपन : जोकोभिच र मेडभेडेभबीच फाइनल तय



अ+ अ-

मेलबोर्नः यस वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितातर्फ पुरुष एकलको फाइनल खेल विश्व नम्बर १ नोभाक जोकोभिच र तेस्रो वरियाताका डानी मेडेभेडेभबीच हुने भएको छ ।

फाइनल खेल आइतबार हुनेछ ।

अस्ट्रेलियन ओपनमा जोकोभिजको यो लगातार तेस्रो प्रवेश हो । उनले सेमिफाइनलमा रुसी खेलाडी अस्लान कारात्सेभलाई लगातार तीन सेटमा पराजित गरेका थिए । उनले कारात्सेभलाई १ घण्टा ५३ मिनेट खेल्दै ६–३, ६–४ र ६–२ ले पराजित गरे ।

शुक्रबार सम्पन्न अर्को सेमिफाइनलमा रुसी खेलाडी मेडभेडेभले ग्रिसेली स्टिफानोस चिचिपासलाई लगातार ३ सेटमा पराजित गरे । मेडभेडेभले चिचिपासलाई ६–४, ६–२ र ७–५ सेटले पराजित गरेका थिए ।

यो प्रतियोगिता जिते जोकोभिचको १७औं ग्रान्डस्लाम उपाधि हुनेछ । समकालीन खेलाडीहरु राफेल नाडाल र रोजर फेडररले समान २०–२० वटा ग्रान्डस्लाम जितिसकेका छन् ।