११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैन, निर्वाचन हुन्छ : उपप्रधानमन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा  निर्वाचन हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गर्नुभयो । 

राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । यसैले  ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ । ”

निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा  विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । 

वाग्मती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनःनिर्माण गरिएको हो । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ क का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनःनिर्माणमा पहल गर्नुभएको थियो  । 

सो अवसरमा उहाँले मन्दिर पुनःनिर्माण गर्न सफल भएकामा खुशी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएको बताउनुभयो । स्थानीयको करीब रु १६ लाख सहयोग उपलब्ध भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणका कामका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । संस्कृति र सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उहाँको भनाइ थियो ।